ह्वावेले अमेरिकी प्रतिबन्धपछि ३० बिलियन डलर गुमाउने, स्मार्टफोन बिक्री ४० प्रतिशतले घट्ने

Technology Khabar २ असार २०७६, सोमबार

ह्वावेले अमेरिकी प्रतिबन्धपछि ३० बिलियन डलर गुमाउने, स्मार्टफोन बिक्री ४० प्रतिशतले घट्ने
फाइल

काठमाडौं ।

काठमाडौं । चिनियाँ टेलिकम्यूनिकेसन कम्पनी ह्वावेले अमेरिकी प्रतिबन्धले अनुमान गरेको भन्दा बढि क्षति हुने बताएको छ । कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत रेन झेनफेईले यो वर्षको आम्दानी प्रतिबन्धका कारण घट्ने बताएका हुन् ।

रेनकाअनुसार प्रतिबन्धले ह्वावेको आम्दानी ३० बिलियन अमेरिकी डलरले घट्ने अनुमान गरेका छन् । जतिबेला कम्पनीका एक अधिकारीले ह्वावे प्रविधिगतरुपमा आत्मनिर्भर भएको बताएका थिए, त्यसको केहि साताभित्रै रेनको प्रक्षेपण पहिलो पटक आएको हो ।

अमेरिकी सरकारले ह्वावेलाई निर्यातको कालोसूचीमा राखेको छ भने त्यसलाई राष्ट्रिय सुरक्षाको विषय बनाएको छ । यस्तो प्रतिबन्धले अमेरिकी कम्पनीहरुलाई आफ्नो उत्पादन तथा सेवाहरु ह्वावेलाई बेच्न रोक लगाउँछ ।

तर ह्वावेले भने आफ्नो उपकरणहरुमा त्यस्तो कुनै सुरक्षा चुनौती नभएको बताउँदै आएको छ ।

ह्वावेले यसअघि अमेरिकी निर्णयले कम्पनीलाई तत्काल असर नपर्ने अपेक्षा गरिएको रेनले बताए । उनले सेनझेन हेडक्वाटरमा आयोजित कार्यक्रममा कम्पनी अझै बलियो र अझै शक्तिशाली भएको बताए ।

सो कार्यक्रममा अमेरिकी टेक विज्ञहरु जर्ज ग्लिडर र निकोलास निग्रोपोन्टे पनि सहभागी थिए ।

‘हामीले यस्तो सबै क्षेत्रमा उनीहरुको आक्रमण होला भन्ने अपेक्षा गरेका थिएनौं,’ रेनले भने । उनले सन् २०२१ मा व्यवसायमा पुन फर्किने अपेक्षा गरे ।

‘हामी कम्पोनेन्ट सप्लाई प्राप्त गर्न सक्दैनौं, धेरै अन्तराष्ट्रिय संगठनहरुमा सहभागी हुन सक्दैनौं, कयौं विश्वविद्यालयहरुसँग सहकार्य गर्न सक्दैनौं, अमेरिकी कम्पोनेन्टहरुसँग केहि प्रयोग गर्न सक्दैनौं, र अझ अगाडि ती कम्पोनेन्ट प्रयोग हुने नेटवर्कहरुमा पनि काम गर्न सक्दैनौं,’ रेनले भने ।

ह्वावेले गत वर्ष मात्र ७२१.२ विलियन यूआन अर्थात करिब १०४ विलियन अमेरिकी डलर आम्दानी गरेको थियो भने यो वर्ष र आगामी वर्ष १०० बिलियन डलर आम्दानीको अपेक्षा गरेको थियो ।

ह्वावेले आफ्नो अपरेटिंग सिस्टम होंगमेंग पनि सार्वजनिक गर्ने बताएको छ, जुन यसअघि नै परीक्षण गरिएको थियो ।

रेनले ह्वावेको स्मार्टफोनको बिक्री समेत करिब ४० प्रतिशतले घट्ने अपेक्षा रहेको बताए ।

एजेन्सी

easy care

प्रकाशित: २ असार २०७६, सोमबार

ताजा समाचार