हुण्डाईको मनसुन डिलाइट योजना, स्क्र्याच कार्डमार्फत रु. १ लाख सम्मको नगद छुट

Technology Khabar २ असार २०७६, सोमबार

हुण्डाईको मनसुन डिलाइट योजना, स्क्र्याच कार्डमार्फत रु. १ लाख सम्मको नगद छुट

काठमाडौं । हुण्डाई मोटर्सकालागि नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले मनसुन लक्षित आकर्षक योजना हुण्डाई मनसुन डिलाइट सार्वजनिक गरेको छ ।

यो योजना अन्तर्गत ग्राहकले स्क्र्याच कार्ड मार्फत रु. १ लाख सम्मको नगद छुटका साथै आकर्षक नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

यो योजना अन्तर्गत एक्सचेन्ज बोनसका साथ लोयल्टी बोनस पनि प्राप्त गर्न सक्नेछन । ग्राहकहरुलाई स्पट एक्सचेञ्ज र सहज फाइनान्सको पनि सुविधा प्रदान गरिनेछ । सबै हुण्डाई गाडीहरु ४ वर्षको निःशुल्क सर्भिसीङ्ग तथा ३ वर्षको वारेन्टी सहित उपलब्ध रहेको बताईएको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टलले नेपालभरी १५ डिलरहरु तथा १७ सर्भिस सेन्टरहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको जनाएको छ।

प्रकाशित: २ असार २०७६, सोमबार

Comments are closed.

Loading...