नोकिया र एरिक्सनका साथ कोरियाली अपरेटरले सिक्सजीको अनुसन्धान गर्ने

Technology Khabar २ असार २०७६, सोमबार

नोकिया र एरिक्सनका साथ कोरियाली अपरेटरले सिक्सजीको अनुसन्धान गर्ने

काठमाडौं ।

काठमाडौं । दक्षिण कोरियाली टेलिकम कम्पनी एसके टेलिकमले सिक्सजी वायरलेस नेटवर्कको अनुसन्धान तथा विकासको लागि नोकिया र एरिक्सनसँग सहकार्य गर्ने भएको छ ।

सो टेलिकम कम्पनीले आगामी पुस्ताको नेटवर्कको लागि आवश्यक पर्ने प्रविधिगत आवश्यकताहरुको मापदण्ड तय गर्नेछ भने त्यसको लागि आवश्यक पर्ने आधिकारीक कोर टेक्नोलोजीहरु पत्ता लगाउन टेलिकम इक्विपमेन्ट भेण्डरहरुसँग सहकार्य गर्नेछ ।

सो सहकार्यको लागि एसके टेलिकमले नोकिया र एरिक्सनसँग सहमतिपत्रमा हस्ताक्षर गरेको छ । ‘सिक्सजी नेटवर्कसको स्याण्डर्ड र प्रविधिको स्पष्ट उल्लेख गर्न यस्ता कम्पनीहरुसँगको सहकार्य निकै महत्वपूर्ण रहन्छ,’ एसके टेलिकमले भनेको छ ।

टेलिकम कम्पनीले यसबाहेक यी भेण्डरहरुसँग यहि अप्रिलमा रोलआउट गरेको ५जी नेटवर्कसलाई सुधार गर्न पनि काम गरेको छ ।

एसके टेलिकमले नोकिया र एरिक्सनसँग मिलेर अल्ट्रा रिलायबल एण्ड लो लेटेन्सीको लागि अनुसन्धान गर्नेछन् । त्यसैगरि मल्टिपल इनपुट मल्टिपल आउटपुट बितरण, नेटवर्कहरुमा आर्टिफिसियल इन्टेलिजेन्सका क्षेत्रमा पनि काम गर्नेछ ।

एरिक्सन र नोकियाले सामसंग इलेक्ट्रोनिक्ससँग मिलेर टेलिकम इक्यूपमेन्टको क्षेत्रमा एसके टेलिकमको ५जी नेटवर्क बनाउन काम गर्नेछ ।

दक्षिण कोरियामा यसअघि नै सिमित अवधिभित्रै १० लाख भन्दा बढि ५जीका प्रयोगकर्ताहरु भएको मिनिस्ट्रि अफ साइन्स एण्ड आईसिटीले जानकारी दिएको थियो ।

Global Bank
easy care

प्रकाशित: २ असार २०७६, सोमबार