Technology Khabar २ असार २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले केबल १० मिनेटभित्रै १०० मिलियन यूआन मूल्य बराबर आफ्नो स्मार्ट टिभीको बिक्री गर्न सफल भएको छ । कम्पनीले चिनियाँ बजारमा विभिन्न ई कमर्श प्लेटफर्महरुमा यहि जून १६ तारिखमा केबल १० मिनेटमा १०० मिलियन यूआन अर्थात करिब १४.४ मिलियन अमेरिकी डलर मूल्य बराबरको टिभी यूनिट बिक्री गरेको हो ।
कम्पनीले हालै आफ्नो बिक्रीको चार्ट सार्वजनिक गरेको छ जसमध्ये जिङ्गडोङ्ग प्लेटफर्ममा बिक्रीमा पहिलो स्थानमा साओमी टिभी छ भने दोस्रो स्थानमा हाइसेन्स टिभी रहेको छ । त्यस्तै टीमल प्लेटफर्ममा पनि साओमीले फ्ल्याट प्यानल टिभी सेल्समा पहिलो स्थान हासिल गरेको छ । यसबाहेक कम्पनीले साओमी मल, साओमी यूपिन, सुनिङ्गलगायतका प्लेटफर्महरुमा पनि टिभीको बिक्री राम्रो रहेको उल्लेख गरेको छ ।
साओमी टिभी ४ए ६५ इन्च, ५५ इन्च टिभी ४सी र फूल स्क्रीन साओमी टिभी ५५ इन्चको मूल्यमा उल्लेख्य कमी आएको हुँदा पनि टिभीको बिक्री बढेको बताईएको छ ।
साओमीका टिभीहरु चीनमा मन पराईनुको कारणमा यसमा भएको एआईओटी कम्प्याटिबिलिटीलाई मानिएको छ । त्यस्तै ठूलो स्क्रीन साइज, रियल टाइम मनिटरिंग र ३०० भन्दा बढि साओमीका इन्टेलिजेन्स हार्डवेयर डिभाइसहरु नियन्त्रण गर्न सकिने फीचर मूख्य रहेका छन् ।
साओमीले सन् २०१९ को पहिलो चौमासिकमा विश्व बजारमा साओमी टिभीको वृद्धिदर ९९.८ प्रतिशत गरेको छ । यसका साथै कम्पनीले भारतीय बजारमा पनि राम्रो बजार हात पारेको छ ।
प्रकाशित: २ असार २०७६, सोमबार