ह्वावेको ५जी नेटवर्कले पायो ‘वेस्ट ५जी कोर नेटवर्क टेक्नोलोजी’ अवार्ड

Technology Khabar २ असार २०७६, सोमबार

ह्वावेको ५जी नेटवर्कले पायो ‘वेस्ट ५जी कोर नेटवर्क टेक्नोलोजी’ अवार्ड
Classic Tech

काठमाडौं । ह्वावेको ५जी स्मार्ट कोर नेटवर्क सलुसनले अन्तराष्ट्रिय अवार्ड हात पारेको छ । कम्पनीले हालै लण्डनमा आयोजना भएको ५जी ग्लोबल समिटमा ‘वेस्ट ५जी कोर नेटवर्क टेक्नोलोजी’ अवार्ड हात पारेको हो ।

ह्वावेको ५जी स्मार्ट कोर नेटवर्क नेटिभ क्लाउड, कनेक्सन प्लस एज कम्यूटिंग टेक्नोलोजीजमा आधारित रहेको थियो । यसले सफ्टवेयरमा आधारित थ्री लेयर डिकपलिंग, स्टेटलेस डिजाइन, क्रस डिसी डिप्लोयमेन्ट, माइक्रो सर्भिस, ग्रेस्केल अपग्रेड र अन्य प्रमुख टेक्नोलोजीहरु सपोर्ट गर्दछ ।

यो उद्योगकै पहिलो कोर नेटवर्क हो जसले टूजी, थ्रीजी, फोरजी र ५जी तथा एनएसए ५जी एसए ठिप इन्टिग्रेसन सपोर्ट गर्दछ ।

यो बितरणरुपी आर्किटेक्चरका साथमा छुट्टाछुट्टै ट्रान्सफरमा आधारित रहेको छ । यसले थर्ड पार्टि एप्लिकेसन्सको साथमा फास्ट इन्टिग्रेसन गर्न एज कम्यूटिंग पनि सपोर्ट गर्दछ ।

यसअघि ह्वावेले विश्वभर ४५ वटा ५जी कमर्शीयल कन्ट्र्याक्ट हात पारेको जानकारी दिएको थियो ।

माध्यम

TK Viber

प्रकाशित: २ असार २०७६, सोमबार

Loading...