काठमाडौं महानगरपालिकाभित्रको ट्राफिक आइल्याण्डको सौन्दर्यकरण नविल बैंकले गर्ने

Technology Khabar १ असार २०७६, आईतवार

काठमाडौं महानगरपालिकाभित्रको ट्राफिक आइल्याण्डको सौन्दर्यकरण नविल बैंकले गर्ने

काठमाडौं ।

काठमाडौं । नविल बैंक लिमिटेड तथा काठमाडौं महानगरपालिका बीच काठमाडौं महानगरपालिका क्षेत्रभित्रका नयाँ सडक गेट अगाडि पूर्व तर्फको र राष्ट्रिय सभागृह गेट अगाडि पश्चिम तर्फको सडकका ट्राफिक आइल्याण्डहरुमा एरोपोनिक प्रणालीबाट फूलका १२ वटा स्तम्भहरु जडान गर्ने विशेष सौन्दर्यकरण सम्झौता भएको छ ।

आधुनिक प्रविधिको एरोपोनिक प्रणालीबाट फूलको स्तम्भहरुमा नियमित पानीको फोहरा प्रवाहित गरी बर्षभरी फूल फूलाई हरियालीयुक्त रमणीय बनाउन सहकार्य रहने जनाइएको छ ।

काठमाडौं महानगरपालिका नगर प्रमुख बिद्या सुन्दर शाक्यले नबिल बैंकसंगको सम्झौताले काठमाडौंको सुन्दरता बढाउने भएकोले धेरै उत्साहित भएको बताए।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सहकार्यले बैंकले अवलम्वन गर्दै आएको हरितकरण प्रयासलाई टेवा पूर्याई काठमाडौं महानगरपालिकामा रहेका सडकका ट्राफिक आइल्याण्डहरुमा सौन्दर्य वृध्दि गरी शहरको वातावरण समेतलाई सपार्ने विश्वास व्यक्त गरे ।

easy care

प्रकाशित: १ असार २०७६, आईतवार

ताजा समाचार