जीबी मोबाइल्सले भारतमा नयाँ फ्याक्ट्री लगाउँदै, एसेसरिज पनि उत्पादन गर्ने तयारी

Technology Khabar १ असार २०७६, आईतवार

जीबी मोबाइल्सले भारतमा नयाँ फ्याक्ट्री लगाउँदै, एसेसरिज पनि उत्पादन गर्ने तयारी

काठमाडौं ।

काठमाडौं । फीचर तथा स्मार्टफोन बनाउने भारतीय कम्पनी जीबी मोबाइल्सले आफ्नो उत्पादन बढाउन नयाँ कारखाना संचालनमा ल्याउने भएको छ ।

कम्पनीले भारतको महाराष्ट्रस्थित पुणेको लोनावलामा नयाँ फ्याक्ट्री बनाईरहेको छ । भारु १०० करोड भन्दा बढि लगानी गर्ने योजनाका साथ कम्पनीले नयाँ फ्याक्ट्री बनाउन लागेको हो । नयाँ फ्याक्ट्रीमा फीचर फोन तथा स्मार्टफोन दुबै बनाउने छ ।

अहिले कम्पनीले दिल्लीको महरौलीमा आयातित पार्टपुर्जाका साथ एसेम्बल गरेर जीबी ब्राण्डका मोबाइल फोनहरु नेपालसहित भारत, श्रीलंका, बंगलादेश, म्यानमारमा बिक्री गरिरहेको छ ।

कम्पनीका अधिकारीकाअनुसार गत आर्थिक वर्षमा कम्पनीले ४६० भारु आम्दानी गरेको थियो । कम्पनीले नयाँ र फरक किसिमको उत्पादनहरु ल्याउने गरेको छ । यहि किसिमले कम्पनीले बजारमा यस्तो फीचर फोन ल्यायो जसले स्मार्टफोनलाई चार्ज गर्न सकिन्छ । जीबीको यो फीचर फोनलाई पावर बैंकको रुपमा प्रयोग गर्न सकिन्छ ।

जीबी मोबाइल्सले हालै बजारमा सार्वजनिक गरेको नयाँ स्मार्टफोन र फीचर फोनमा कम्पनीको बिक्री राम्रो रहेको हुँदा यो वर्ष ७०० करोड भारुसम्मको उत्पादन बिक्री गर्ने अनुमान गरेको छ ।

नयाँ फ्याक्ट्री शुरु भएसँगै कम्पनीले प्रतिस्पर्धी मूल्यमा उच्च गुणस्तका मोबाइल फोनहरु ल्याउने जनाएको छ । यसका साथै कम्पनीले हेडफोन, ब्लूटूथ, स्पीकरलगायतका एसेसरिज पनि बजारमा लन्च गर्नेछ ।

एजेन्सी

Global Bank
easy care

प्रकाशित: १ असार २०७६, आईतवार

ताजा समाचार