अपनाउनुस् यी साधारण टिप्स, तपाईँको स्मार्टफोन कहिलै ह्यांग हुँदैन र तात्दैन्

Technology Khabar ३२ जेष्ठ २०७६, शनिबार

अपनाउनुस् यी साधारण टिप्स, तपाईँको स्मार्टफोन कहिलै ह्यांग हुँदैन र तात्दैन्
सांकेतिक

काठमाडौं ।

काठमाडौं । स्मार्टफोन बेला बेलामा ह्यांग हुने वा तात्ने समस्याबाट धेरै प्रयोगकर्ताहरु हैरान हुने गर्दछन् । अधिक प्रयोग र त्यसको क्षमताभन्दा बढि एप्स डाउनलोड लगायतका कारणले यस्तो हुने गर्दछ।

यो सामान्य विषय भएपनि धेरैजनाको लागि भने टाउको दुखाईको विषय हो । जानकारीको अभावमा अधिकांश फोन बनाउने टेक्निसियनहरुले स्मार्टफोन यूजरलाई भ्रममा राख्ने गर्दछन् ।

तर हामी यहाँ तपाईँलाई आफ्नो स्मार्टफोन ह्यांग हुनबाट वा तात्नबाट बचाउने तरिकाहरुको बारेमा जानकारी दिनेछौं । यहाँ उल्लेख गरिने सामान्य जानकारीहरु प्रयोग गरे तपाईँले मोबाइल टेक्निसियनमा जानै पर्दैन् ।

र्यामलाई क्लियर गर्ने

स्मार्टफोनको काम र भूमिका बढिरहेको छ । अक्सर यूजरले फोन किन्ने बेलामा फोनको र्याम क्षमताको बारेमा पनि सोध्ने गर्दछन तर अधिकांश मानिसहरुलाई यो थाहा हुँदैन की फोनमा र्यामको काम के हो ?

कम्प्यूटरको जस्तै स्मार्टफोनको स्पीड पनि र्यामको क्षमतामा निर्भर रहन्छ । र्यामको काम गर टाइम मेमोरीलाई स्टोर गर्ने हो, जुन डिभाइस बन्द हुने बित्तिकै क्लियर हुने गर्दछ ।

तर हाम्रो फोन अधिकांश समय अन नै हुन्छ र त्यसमा र्यामको खपत र प्रयोग अधिक हुन्छ । त्यसैले हामीले समय समयमा र्यामलाई क्लियर गरिरहनुपर्दछ । यसले तपाईँको स्मार्टफोन ह्यांग वा तात्नबाट बच्दछ ।

जरुरी एपलाई मात्र फोनमा राख्नुस्

जतिबेलासम्म तपाईँको स्मार्टफोन अन रहन्छ, त्यतिबेलासम्म त्यसको प्रोसेसर एक्टिभ हुन्छ । धेरै यस्ता एपहरु छन जुन तपाईँले त्यसलाई प्रयोग गरेपनि नगरेपनि फोन अन हुने बित्तिकै चलिरहन्छन् ।

एपको एक्टिभ हुने कारणले गर्दा तपाईँको स्मार्टफोनको कार्यक्षमतामा पनि फरक पर्दछ । र्याममा अधिक एप्स हुने कारणले गर्दा प्रोसेसिंग स्पीड स्लो हुन्छ र तपाईँको फोन बिस्तारै बिस्तारै ह्यांग हुन लाग्दछ । अनावश्यक र लामो समय प्रयोगमा नआएका एप्स अनस्टल गर्नुस् ।

सँधै चार्जमा नराख्नुस्

सामान्यरुपमा मानिसहरुले हरेक समय फोनलाई चार्जमा राख्ने गर्दछन् । तर यसलाई मानिसले भोक लागेको बेलामा मात्र खाना खाएजस्तै फोनको ब्याट्रीलाई आवश्यक परेको बेलामा मात्र चार्ज गर्नुस्।

जबसम्म ब्याट्री १० देखि २० प्रतिशतभन्दा तल जाँदैन त्यतिबेलासम्म स्मार्टफोनलाई चार्ज नगरेपनि हुन्छ ।

ब्याट्रीलाई चार्जमा राखिरहँदा त्यो तात्ने गर्दछ भने ब्याट्रीको क्षमता पनि घट्नसक्दछ। अहिलेका धेरैजसो स्मार्टफोनमा ब्याट्री चार्ज गर्ने अवस्था देखाउने फीचर रहेको हुन्छ त्यसले भनेअनुसार मात्र चार्जमा राख्नुस् ।

पावर सेभिंग मोड फीचरको प्रयोग

हरेक जसो स्मार्टफोनमा पावर सेभिंग मोड फीचर राखिएको हुन्छ । यसको प्रयोग अधिकांश मानिसहरुले गर्दैनन् ।
यो मोडमा जरुरी एप मात्र एक्टिभ हुन्छन र अरु एप स्वत बन्द हुनछन् । यसको प्रयोगले गर्दा फोन ह्यांग हुनबाट बचाउन सकिन्छ । पावर सेभिंग मोडले तपाईँको स्मार्टफोनको ब्याट्री पनि बचाउने हुँदा छिटो छिटो चार्ज गरिहनुपर्ने झन्झटबाट मुक्ति मिल्छ ।

दैनिकरुपमा फोन अफ गर्नुहोस्

राती सुत्ने बेलामा वा कुनैपनि बेलामा कमसेकम फोनलाई केहि मिनेटसम्म अफ गर्नुहोस् । स्मार्टफोनलाई अफ गर्दा फोनको प्रोसेसर, र्याम र ब्याट्री स्लीप मोडमा जान्छन् ।

यसको फाईदा भनेको तपाईँको स्मार्टफोनको प्रोसेसिंग स्पीड कहिले पनि कम हुँदैन र तपाईँ लामो समयसम्म मोबाइल टेक्निसियनकोमा धाउनु पर्दैन्।

उच्च क्षमताका एप्स प्रयोग नगर्नुस्

हामीमध्ये अधिकांशले आफ्नो स्मार्टफोनको क्षमताले भ्याउने भन्दा धेरै एप्सहरु डाउनलोड गर्ने र प्रयोग गर्ने गर्दछौं । तर त्यसले तपाईँको स्मार्टफोनलाई ह्यांग बनाउँछ भने फोन पनि तात्दछ ।

स्मार्टफोनमा निरन्तर गेम खेल्दा, भिडियो हेर्दा वा अन्य उच्च क्षमताका एप्सहरु चलाउँदा ह्यांग हुने वा तात्ने गर्दछ । त्यसैले स्मार्टफोनको र्याम, स्टोरेज, प्रोसेसरको क्षमताले नधान्ने त्यस्ता एप्सहरु प्रयोग नगरेकै राम्रो ।

Global Bank
easy care

प्रकाशित: ३२ जेष्ठ २०७६, शनिबार