ह्वावेले भेरिजोनलाई भन्यो पेटेन्ट लाइसेन्सको रकम तिर, २३० वटाको १ अर्ब डलर

Technology Khabar ३१ जेष्ठ २०७६, शुक्रबार

ह्वावेले भेरिजोनलाई भन्यो पेटेन्ट लाइसेन्सको रकम तिर, २३० वटाको १ अर्ब डलर

काठमाडौं ।

काठमाडौं । ह्वावे टेक्नोलोजीज कम्पनी लिमिटेडले अमेरिकी क्यारियर भेरिजोन कम्यूनिकेसन्स इंकलाई विभिन्न पेटेन्टहरुको लाइसेन्स फी बापतको रकम तिर्न भनेको छ । कम्पनीले भेरिजोनलाई आफ्नो २३० वटा पेटेन्ट बापतको १ अर्ब अमेरिकी डलरभन्दा बढि तिर्न भनेको हो।

सो पेटेन्टमा नेटवर्क उपकरणहरु छन । यसमा कम्पनीको २० भन्दा बढि भेण्डरहरु जसमा मुख्य अमेरिकी टेक कम्पनीहरु पनि पर्दछन् । ती भेण्डरहरुमध्ये केहिसँग ह्वावेले सिधै पहुँच बनाएको थियो।

ह्वावेको पेटेन्ट कोर नेटवर्क उपकरण, इन्टरनेट अफ थिंग्सको लागि वायरलाइन इन्फ्रास्ट्रक्चरलगायतको रहेको बताईएको छ।

सो बारेमा ह्वावे र भेरिजोनका प्रतिनिधीहरुबिच न्यूयोर्कमा वार्ता भएको बताईएको छ । भेरिजोनका रिचार्ड योंगले भेरिजोनको भन्दा ठूलो विषय भएको उल्लेख गरेका छन् भने उनले ह्वावेको संलग्नताले राष्ट्रिय तथा अन्तराष्ट्रिय चासो बढेको बताए।

स्रोत  माध्यम

Sajilo Visa

प्रकाशित: ३१ जेष्ठ २०७६, शुक्रबार

तपाइको प्रतिक्रिया

ताजा समाचार