एनसेलले ल्यायो डबल फोरजी डाटा अफर

Technology Khabar ३१ जेष्ठ २०७६, शुक्रबार

एनसेलले ल्यायो डबल फोरजी डाटा अफर

काठमाडौं ।

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले आफ्ना ग्राहकका लागि डाटामा आकर्षक योजना ल्याएको छ । जसअन्तर्गत ग्राहकले डबल फोरजी डाटाको मजा लिन सक्नेछन् ।

यो योजना अन्तर्गत एनसेलका ग्राहकले सात दिन र तीस दिन समयसीमा भएको गज्जबको डाटा प्याकको खरिदमा बोनस स्वरुप फोरजी डाटा भोलुम प्राप्त गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । यो अफर जेठ ३० गते बिहिबारदेखि लागु भएको छ ।

देशको १,००० भन्दा बढि स्थानमा फोरजी सेवा विस्तार गरिएको घोषणा गरेको दुई साता भित्रै एनसेलले अझ सुलभ दरमा आधुनिक मोबाइल कनेक्टिभिटि सुनिश्चित गर्दै फोरजी डाटा बोनसको योजना ल्याएको हो ।

यो योजना अन्तर्गत सात दिन समयसीमा भएको ५०० एमबी डाटा र तीस दिन समयसिमा भएको ३ जिबी डाटाको खरिदमा ग्राहकले त्यत्तिनै भोलुम बराबरको फोरजी डाटा बोनस स्वरुप पाउनेछन् ।

जस्तै ग्राहकले तीस दिन समयसीमा भएको ३ जिबी डाटा कर सहित रु ४५३।३० मा खरिद गरेमा बोनस स्वरुप थप ३ जिबी फोरजी डाटा पाउनेछन् । यो अफरमा ग्राहकले ३ जिबी डाटाकै शुल्कमा ६ जिबी डाटाको मजा लिन सक्नेछन् ।

त्यसैगरी, एनसेलका ग्राहकले सात दिन समयसीमा भएको ५०० एमबी प्याकको खरिदमा ५०० एमबीनै फोरजी डाटा बोनस बापत प्राप्त गर्न सक्नेछन् ।

एनसेलका ग्राहकले ५०० एमबी प्याक कर सहित रु ९५ं।७७ मा सुचारु गर्न सक्छन् । यो अफरसँगै ग्राहकले ५०० एमबी डाटाको शुल्कमा १००० एमबी डाटाको फाइदा लिन सक्नेछन् ।

सात दिन वा तीस दिन समयसीमा भएको डाटा भोलुम टुजी, थ्रिजी वा फोरजी कुनै पनि नेटवर्कमा चलाउन सकिनेछ भने बोनस डाटा फोरजी नेटवर्कमा मात्र चलाउन सकिनेछ। एनसेलले आफ्नो फोरजी सेवा देशका १,००० भन्दा बढि स्थानहरुमा विस्तार गरिसकेको जनाएको छ ।

एनसेलका ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरि आफ्नो आवश्यकता अनुसारको सात दिन वा तीस दिनको डाटा प्याक सुचारु गर्न सक्नेछन् । ग्राहकले एसएमएसबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन् ।

सात दिनको प्याक सुचारु गर्न ७५ टाइप गरि १७१२३ मा एसएमएस पठाउन सक्नेछन् भने ३५५ टाइप गरि १७१२३ मा एसएमएस पठाइ तीस दिनको प्याक सुचारु गर्न सक्नेछन् ।

easy care

प्रकाशित: ३१ जेष्ठ २०७६, शुक्रबार

ताजा समाचार