इन्टरनेटको मूल्य नबढने, सेवा प्रदायकले पाए सुबिधा

Technology Khabar ३१ जेष्ठ २०७६, शुक्रबार

इन्टरनेटको मूल्य नबढने, सेवा प्रदायकले पाए सुबिधा

काठमाडौं ।

काठमाडौँ । सरकारले इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायतका उपकरण, इन्ट्रानेट-लिज लाइन डाटा कनेक्टिभिटी र मर्मत–सम्भार शुल्कमा दुरसञ्चार सेवा दस्तुर छुट दिई इन्टरनेट सेवाको मूल्य समायोजन गर्ने निर्णय गरेको छ ।

विहीबार मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुल बास्कोटाले इन्टरनेट सेवा प्रदायकहरूलाई विभिन्न छुट सुबिधा दिने निर्णय भएको जानकारी दिए ।

यसअघिको सम्झौंता सरकारले कार्यान्वयन नगरेको भन्दै बजेटमार्फत लागू भएको १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क तिर्न आगामी साउन १ गतेदेखि इन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट २० प्रतिशत शुल्क उठाउने निर्णय गरेका थिए।दूरसंचार सेवा शुल्क १३ प्रतिशत र चालु आर्थिक वर्षमा नलिएको १३ प्रतिशत सेवा शुल्कको हिसाब मिलाउन थप ७ प्रतिशत गरि २० प्रतिशत शुल्क बढाउने निर्णय गरिएको थियो।

हाल सरकारले इन्टरनेट सेवा प्रदायकको माग सम्बोधन गरेसँगै तत्काल मूल्य वृद्धि नहुने भएको हो ।

इन्टरनेट सेवा प्रदायकहरूको संस्था आइस्पानका अध्यक्ष भोजराज भट्टले सरकारको निर्णय सकारात्मक भएको बताए । ‘हामीले धेरै समयदेखी माग गर्दै आएको बिषय सम्बोधन भएको छ, मेरो विचारमा अब मूल्य बढदैन्,’ अध्यक्ष भट्टले भने ।

उनले सरकारको निर्णय पूर्णरुपमा नहेरेको भन्दै सरकारको पत्र आएपछि आइस्पानको ‍बैठकबाट निर्णय गरिने बताए ।

easy care

प्रकाशित: ३१ जेष्ठ २०७६, शुक्रबार

ताजा समाचार