ह्वावेले आफ्नै अपरेटिंग सिस्टम ‘होंगमेंग’ को ट्रेडमार्क विभिन्न देशहरुमा दर्ता गर्दै

Technology Khabar ३१ जेष्ठ २०७६, शुक्रबार

ह्वावेले आफ्नै अपरेटिंग सिस्टम ‘होंगमेंग’ को ट्रेडमार्क विभिन्न देशहरुमा दर्ता गर्दै
Classic Tech

काठमाडौं । ह्वावेले विश्वका विभिन्न ९ देशहरुमा आफ्नो नयाँ अपरेटिंग सिस्टम होंगमेंगको ट्रेडमार्कको लागि आवेदन दिएको छ । हालै संयुक्त राष्ट्रसँगको निकायबाट देखिएको डाटाखनुसार कम्पनीले विभिन्न ९ देशहरुका साथै यूरोपमा पनि ट्रेडमार्क दर्ता गर्दैछ ।

अमेरिकी प्रतिबन्धपछि कम्पनीले आफ्नै अपरेटिंग सिस्टम(ओएस) ल्याउने योजनाअनुसार कम्पनीले होंगमेँग ट्रेडमार्क क्याम्बोडिया, क्यानाडा, दक्षिण कोरिया, र न्युजिल्याण्डमा दर्ता गरेको वल्र्ड इन्टेलेक्च्यूअल प्रोपर्टी अर्गनाइजेसनको तथ्यांकमा देखिएको छ ।

यसका साथै कम्पनीले पेरुमा गएको मे २७ तारिखमा आवेदन दर्ता गरेको छ ।

यसअघिदेखि नै ह्वावेले आफ्नै ओएस ल्याउने तयारी गरिरहेको रिपोर्टहरु आएका थिए भने कम्पनीका कन्जुमर डिभिजनका सिईओ रिचार्ड यूले यसअघि नै संचारमाध्यममा ब्याकअप ओएस भएको जानकारी दिएको थिए ।

विश्वको दोस्रो सबैभन्दा ठूलो स्मार्टफोन निर्माता कम्पनीले अहिलेसम्म नयाँ ओएसको बारेमा भने थप जानकारी दिएको छैन् ।

दर्ता गरिएको निवेदनको आधारमा हेर्दा ह्वावेले सो ओएस होंगमेंगको नाममा आफ्ना स्मार्टफोनहरु, पोर्टेबल कम्प्यूटरहरुदेखि रोबोट र कार टेलिभिजनहरुमा समेत प्रयोग गर्न चाहेको छ ।

होम कन्ट्रिमा ह्वावेले गत अगस्टमा नै होंगमेंगको नाममा ट्रेडमार्कको लागि आवेदन दर्ता गरिसकेको छ र गत महिना मात्र अगाडि बढाउने संकेत पाएको छ । एजेन्सी

प्रकाशित: ३१ जेष्ठ २०७६, शुक्रबार

Comments are closed.

Loading...