अमेरिकी कालोसूचीको असर: ह्वावेद्धारा ल्यापटप सार्वजनिक गर्ने कार्यक्रम स्थगित

काठमाडौं । ह्वावले अमेरिकी व्यापारको कालोसूचीमा परेपछि पहिलो पटक आफ्नो नयाँ प्रडक्ट लन्चलाई रोकेको छ । ह्वावेले अमेरिकी टेक्नोलोजी प्रयोगमा अमेरिकी प्रतिबन्धपछि पहिलो पटक आफ्नो ल्यापटप बजारमा लन्च गर्नबाट रोकेको हो ।

ह्वावेका कन्जूमर डिभिजनका सिईओ रिचार्ड यूले अमेरिकी समाचार संस्था सिएनबिसीसँग कुरा गर्दै मेटबुक सिरिजमा लन्च गर्न लागिएको नयाँ प्रडक्ट हालको लागि स्थगित भएको जानकारी दिएका छन् ।

उनले अमेरिकी इन्टिटि लिस्टमा परेपछि अमेरिकी कमपनीहरुलाई आफ्ना उत्पादनहरु ह्वावेलाई बेच्नमा रोक लगाईएपछि सो कार्यक्रम रद्ध गर्नुपरेको बताए । उनले सो ल्यापटप भविश्यमा कहिले लन्च होला भनेर भन्न नसकिने भन्दै त्यो इन्टिटि लिस्ट कहिलेसम्म जारी हुन्छ त्यसमा भर पर्ने बताए ।

यदि ह्वावेमाथिको प्रतिबन्ध लामो समयसम्म लागेमा सो ल्यापटप कहिले पनि लन्च हुनेछैन् ।

ह्वावेले आफ्ना डिभाइसहरुमा अमेरिकी टेक्नोलोजीहरु प्रयोग गर्दै आएको छ । कम्पनीको उच्चस्तरको मेटबेक एक्स प्रो पनि माइक्रोसफ्टको विण्डोज अपरेटिंग सिस्टममा संचालन हुन्छ भने यसको चीप्स इन्टेलले बनाएको हो ।

प्रमुखरुपमा टेलिकम्यूनिकेसन कम्पनीले कालोसूचीको नकारात्मक असरलाई कम गर्ने प्रयास गरिरहेको छ । यसको लागि कम्पनीले आफ्नै अपरेटिंग सिस्टम बनाईरहेको छ जून यहि वर्षको अन्त्यसम्ममा लन्च हुने अनुमान गरिएको छ ।
ह्वावेले आफ्ना स्मार्टफोनहरुको लागि कोर प्रोसेसरहरु आफैंले डिजाइन गर्ने गरेपनि डिभाइसका अन्य पार्टहरुका लागि अझै अमेरिकी टेक्नोलोजीहरुमा भर पर्नेगरेको छ ।

स्रोत