नेपालमा पहिलो पटक ‘एआई एक्सपो’ हुँदै, आर्टिफिसियल इन्टेलिजेन्स बारे जानकारी दिईने

काठमाडौं । विश्वव्यापीस्तरमा तथा नेपालमा समेत आर्टिफिसियल इन्टेलिजेन्स एक उपयोगी एवम् प्रभावशाली प्रविधिको रूपमा विकसित भईरहेको कुरालाई ध्यानमा राखी आर्टिफिसियल इन्टेलिजेन्स फर डेवलप्मेन्ट (AID) ले फ्युजमसिन्स नेपाल प्रालि सँगको सहकार्यमा नेपालमा पहिलो पटक एआई एक्सपो २०१९ आयोजना गर्ने भएको छ ।

आर्टिफिसियल इन्टेलिजेन्सका अनुप्रयोगहरुको प्रदर्शनी Artificial Intelligence कार्यक्रम आउँदो भदौ ७ गते आयोजना गर्ने घोषणा गरेको छ। आर्टिफिसियल इन्टेलिजेन्स एक्सपोमा विभिन्न किसिमका आर्टिफिसियल इन्टेलिजेन्स प्रदर्शनी हुनेछ।

कार्यक्रममा शिक्षण संस्थाहरु, शैक्षिक समुदाय तथा उद्योग क्षेत्रका तर्फबाट आर्टिफिसियल इन्टेलिजेन्सका उत्पादनहरु, व्यवहारीक नमुनाहरु एवम अनुसन्धानमुलक पोस्टर तथा प्रस्तुतीकरणहरु हुनेछ।

सो प्रदर्शनीमा आर्टिफिशियल इन्टेलिजेन्सका विज्ञहरु, प्रशिक्षकहरु, व्यवसायीक व्यक्तिहरु, विद्यार्थी, प्राक्टिस्नरहरुको लागि उपयोगी हुने आयोजकको दाबी छ । यसमा एआईका सम्पूर्ण ईकोसिस्टम र सलुसनहरु देखाईने छ ।

प्रदर्शनीका लागि छनौट भएका आवेदकहरुको छनौट उनीहरुको प्रस्तावित परियोजना तथा परिकल्पनाहरुको आधारमा हुनेछ।

कार्यक्रममा प्रदर्शनका लागि आवेदन फारम कार्यक्रमको आधिकारिक वेबसाइट www.aiexponepal.com मा गई भर्न सकिने आयोजकले जानकारी दिएको छ। यो प्रदर्शनीमा सहभागी हुन चाहनेहरुले जेठ ३१ गते अर्थात जून १४ तारिखसम्ममा आवेदन दिन सक्ने छन् ।

Leave a Reply