सामसङ्गको १४ औँ डिजिटल प्लाजा बुटवलमा संचालन

बुटवल । सामसङ्ग इलेक्ट्रोनिक्सको आधिकारीक बितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि. को सहकार्यमा अत्याधुनिक र सुविधा सम्पन्न १४ औं सामसङ्ग डिजिटल प्लाजा बुटवलमा संचालनमा आएको छ ।

यो सामसङ्ग डिजिटल प्लाजाले सामसङ्गका विश्वस्तरीय उत्पादनहरु टि.भि., मोवाइल लगायतका सामसङ्गका सामानहरु प्रदर्शन तथा बिक्री वितरण गर्नेछ ।

बजारमा उच्च स्तरीय सामसङ्गका सामानहरुको बढ्दो मागले गर्दा बुटवलमा नयाँ शो–रुम खोल्न हिम इलेक्ट्रोनिक्सले भगवती मल्टि सप्लायर्ससँग सहकार्य गरेको हो । भगवती मल्टि सप्लायर्सका प्रोप्राइटर शिखर थापा र सपन पाण्डेयले बुटवलकोे व्यस्त बजारमा खुलेको नयाँ शो–रुमबाट ग्राहक महानुभावहरुले नयाँ अनुभव गर्ने र आफुहरुले राम्रो ग्राहक सेवा दिने प्रतिबद्ध गरेका छन् ।

हिम इलेक्ट्रोनिक्सले नेपाली उपभोक्ताहरूलाई उत्कृष्ट सेवा र सुविधा दिन निरन्तर लगानी बढाउँदै लगेको जनाएको छ ।

Leave a Reply