पबजी मोबाइल दैनिकरुपमा विश्वभर ५ करोडले खेल्छन्, डाउनलोड ४० करोड नाध्यो

Technology Khabar ३० जेष्ठ २०७६, बिहीबार

पबजी मोबाइल दैनिकरुपमा विश्वभर ५ करोडले खेल्छन्, डाउनलोड ४० करोड नाध्यो
मोबाइलमा पबजी गेम खेल्दै नेपाली यूजर । फाइल

काठमाडौं ।

काठमाडौं । नेपालसहित विश्वभर लोकप्रिय गेमको रुपमा रहेको पबजी मोबाइलको डाउनलोड ४० करोड नाघेको छ । टेनसेन्स गेम्सले बनाएको पबजी गेमले ४० करोड डाउनलोड पार गर्नुका साथै दैनिकरुपमा ५ करोड भन्दा बढि सक्रिय यूजर्स रहेको उल्लेख गरेको छ।

कम्पनीले यो विशेष समयलाई सेलेब्रेट गर्न नयाँ अपटेड समेत सार्वजनिक गरेको छ, जसमा नयाँ ४ का विरुद्ध ४ ब्याटल मोड, नयाँ म्याप, कस्टम स्कीन्स र थप सेटिंग अप्सनहरु लन्च गरेको छ ।

नयाँ अपटेड ०.१३.० मा पहिलो तथा तेस्रो पर्सनको मोडलहरुका लागि छुट्टै सेपरेट कन्ट्रोल सेटिंग जोडेको छ । यसमा थर्ड पार्टि चीट प्रीभेन्सन सिस्टममा सुधार गरिएको छ भने नयाँ लेटेन्सी इन्डिकेटर मेन स्क्रीनबाट नै हेर्न सकिने बनाएको छ ।

प्लेयरहरुले विशेषरुपमा गोडजिल्लाः किंग अफ दि मन्सटर्स थीम लबीमा प्रयोग गर्न पाउनेछन भने लिमिटेड थिम इभेन्टहरु पनि रहेका छन् ।

पबजीको टोन डाउन भर्सन पबजी लाइट पनि उपलब्ध रहेको छ, जसलाई थप देशहरुमा कम्पनीले छिटै लन्च गर्न लागेको छ । यो लाइट भर्सन हाल हंगकंग, ताइवान, ब्राजील र बंगलादेशमा उपलब्ध छ ।

easy care

प्रकाशित: ३० जेष्ठ २०७६, बिहीबार