कोरियामा ५जी प्रयोगकर्ताको संख्यामा तिब्र वृद्धि, २ महिनामा नै १० लाख बढि ग्राहक

काठमाडौं । फाइभजी लन्च गर्ने पहिलो देशहरुमध्येको दक्षिण कोरियामा ५जी प्रयोगकर्ताहरुको संख्या १० लाख पुगेको छ ।

दक्षिण कोरियाको मिनिस्ट्री अफ साइन्स एण्ड टेक्नोलोजीेले सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ पुस्ताको टेक्नोलोजी १० लाख ग्राहकहरुले प्रयोग गरेका छन् । यो संख्या ५जी लन्च गरेको केबल ६९ दिनमा नै पुगेको हो । जून यसअघि कोरियाले सन् २०११ मा फोरजी लन्च गर्दा १० लाख पुगेको दिन भन्दा ११ दिनले कम हो ।

दक्षिण कोरियामा व्यवसायीकरुपमा ५जी लन्च यहि वर्ष अप्रिल ३ तारिखमा भएको थियो । अहिलेको तथ्यांक हेर्दा दैनिक औसतमा १७ हजार नयाँ ग्राहकहरुले दैनिक ५जी लिएको देखिन्छ ।

५जी प्रयोगकर्ताहरुको तथ्यांक हेर्दा एसके टेलिकमले ४० प्रतिशत ग्राहकहरु लिएको देखिन्छ भने कोरिया टेलिकम र एलजी यूप्लस प्रत्येकले ३० प्रतिशत ग्राहक पाएका छन् । एसके टेलिकम र कोरिया टेलिकममा ४जीबाट ५जी अपग्रेड हुनेको संख्या उल्लेख्य बढेको देखिएको छ भने एलजी यूप्लसमा भने २१ प्रतिशतले गत महिना ग्राहक ५जीमा वृद्धि भएका थिए ।

हाल ५जीको सिमित गति र सिमित प्रारम्भिक कभरेज भएको भएपनि ५जी स्मार्टफोनको आक्रामक प्रबद्र्धनका साथमा थप बेस स्टेशनहरु जडान भईरहेको बताईएको छ । ग्राहकहरुले सामसंग ग्यालेक्सी एस १० ५जी र एलजी भी५० थिंक ५जी स्मार्टफोनका साथमा ५जीको अनुभव लिईरहेका छन् ।

अहिलेको अनुमानित प्रक्षेपणअनुसार यो वर्षको अन्त्यसम्ममा दक्षिण कोरियामा थप ३० देखि ४० लाख यूजर्स बढ्नेछन् । ५जीको माग बढाउनको लागि ५जी स्मार्टफोन र नेटवर्क कभरेजमा सुधारको प्रयासले मात्र सफल हुने बताईएको छ ।
एजेन्सी