प्रतिकात्मक

लाओसको स्याटेलाइट अर्थ स्टेशनले नेपालको स्याटेलाइटमा असर, डिजिटल स्याटेलाइटको तयारी

नेपालको आफ्नै स्याटेलाइट- ४

काठमाडौं ।अनुज राज । केहि दिनअगाडि संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्र मान गुरुङ्गले एउटा तस्विर ट्वीटमार्फत सार्वजनिक गरे । सो तस्विर अन्तराष्ट्रिय टेलिकम्यूनिकेसन यूनियन (आईटियू) सँग छलफल गरिरहेको र हाम्रो स्याटेलाइटको बारेमा केहि विषयहरु समाधान गर्ने बताउँदै राखेका थिए ।

उक्त तस्विरमा आईटियूका स्पेस सर्भिसेज डिपार्टमेन्टका दुईजना प्रतिनिधि तथा नेपालबाट संचार सचिव र नेपाल दूरसंचार प्राधिकरणका दुई निर्देशकहरु रहेका थिए ।

तस्वीर: संचार सचिव महेन्द्रमान गुरुङ्गको ट्वीटरबाट

निकै सामान्य किसिमको सो तस्विर भएपनि उक्त छलफल नेपालको स्याटेलाइट राखिने अर्बिटल स्टल र त्यसको प्राविधिक विषयहरुमा भएको संचार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

विशेषगरि नेपालको अर्बिटल स्लट नजिक लाओसले स्याटेलाइट राख्ने तयारी गरिरहेको र त्यसले नेपालको स्याटेलाइटलाई पनि असर पर्ने भएपछि सो बारेमा नेपालले आईटियूसँग छलफल गरेको हो । लाओसले राख्ने स्याटेलाइटले नेपाललाई असर पर्ने भन्दै त्यसबारेमा यसअघि नै आईटियूमा आफ्नो अर्बिटल स्लटको दाबी कायम गरेको थियो भने सो बारेमा आईटियूपनि सकारात्मक नै रहेको मन्त्रालय स्रोतको भनाई छ ।

नेपालले फ्रान्ससँग आफ्नो अर्बिटल स्लटमा स्याटेलाइट राख्न सम्झौता गर्ने तयारी गरिरहँदा लाओसको बारेमा पनि छिनोफानो गर्न भनेर सचिवको नेतृत्वमा टोली गएको हो ।

‘लाओसले राख्ने भनिएको १२६ डिग्रीको स्याटेलाइटले नेपालको स्याटेलाइटलाई पनि प्रभाव पार्ने देखिएपछि छलफल गरिएको हो,’ मन्त्रालय स्रोतले भन्यो ।

स्रोतकाअनुसार लाओसले १२६ डिग्रीमा स्याटेलाइट राख्दा नेपालको १२३.३ डिग्रीको स्याटेलाइटमा केहि असर नपरेपनि त्यसको अर्थ स्टेशन राख्ने स्थानको कारणले भने प्रभाव पर्नेछ । लाओसलले १२६ डिग्रीमा राख्ने स्याटेलाइटको अर्थ स्टेशन छिमेकी मुलुक चीनमा राख्ने प्रस्ताव गरेको छ जसले गर्दा नेपालको स्याटेलाइटको बीममा असर पर्ने मन्त्रालय स्रोतले बतायो।

लाओसले यसअघि नै आईटियूले उपलब्ध गराएको १२८ डिग्रीमा स्याटेलाइट राखिसकेको छ र सो उपयोग नभएको बताईएको छ । त्यसपछि लाओसले १२६ डिग्रीमा व्यवसायीक स्याटेलाइट राख्न सन् २०१४ मा नै आईटियूलाई प्रस्ताव पठाएको र नेपाललाई पनि जानकारी गराएको थियो ।

तर स्याटेलाइट राख्ने बारेमा चासो नभएको नेपालले तत्कालिन समयमा कुनै जवाफ दिएन् । अहिले स्याटेलाइट राख्ने तयारी गरेपछि नेपालले लाओसको स्याटेलाइटको फ्रिक्वेन्सी पावरले समस्या पर्ने भन्दै आईटियूसँग सो समस्या समाधान गर्न अनुरोध गरेको हो ।

‘आईटियू र त्यसका पदाधिकारीहरुले हाम्रो मागको बारेमा सकारात्मक रहेको बताएका छन्, उनीहरु नेपाल प्रति सकारात्मक छन्, सायद कुरा मिल्छ होला,’ मन्त्रालय स्रोतले भन्यो ।

यता प्रधानमन्त्री केपी शर्मा ओलीको फ्रान्स भ्रमणको अवसर पारेर स्याटेलाइटको सम्झौता गर्ने तयारी भएपनि सो हुने वा नहुने बारेमा अझै स्पष्टता छैन् । मन्त्रालय स्रोतले भने सम्झौता नहुने तर स्याटेलाइट निर्माण र प्रक्षेपणसहितको काम अगाडि बढाउन केहि सहमती भने हुनसक्ने बताएको छ । यूरोप भ्रमण अगाडिको तयारी कार्यक्रमहरुमा प्रधानमन्त्रीको निगरानीमा नै स्याटेलाइट राख्ने विषयमा धेरै कामहरु भएपनि रकमको विषयमा भने कति लागत र कुन मोडालिटीमा हुने भन्ने स्पष्ट भएको थिएन् ।

यदपि नेपालले परम्परागत भन्दा पनि सस्तो लागत पर्ने तर आधुनिक डिजिटल स्याटेलाइट राख्ने नेपालको निर्णय फ्रान्सलाई जानकारी गराउने स्रोतले दाबी गरेको छ । डिजिटल स्याटेलाइटको खर्च पनि कम हुने, छिटो प्रक्षेपण गर्न सकिने तथा उच्च क्षमताको हुनेहुँदा पनि डिजिटल स्याटेलाइट छनौट गरिएको बताईएको छ।

यसअघि फ्रान्सेली कम्पनी थालेसबाट नेपालमा एक प्रतिनिधी अध्ययनको लागी आएको थियो र त्यसले प्रारम्भिक मस्यौदाहरु गरेको थियो ।

यसअघि दूरसंचार प्राधिकरणले गराएको एक अध्ययनमा पनि परम्परागत स्याटेलाइट भन्दा डिजिटल स्याटेलाइट राख्न आधाभन्दा पनि सस्तो पर्ने बताईएको छ ।

नेपालको स्याटेलाइट ७५ प्रतिशतभन्दा बढि उपयोग भए मात्र नाफामा

Leave a Reply