उबरले सार्वजनिक गर्यो नयाँ डिजाइनको ‘जम्प’ इलेक्ट्रिक स्कूटर

Technology Khabar २९ जेष्ठ २०७६, बुधबार

उबरले सार्वजनिक गर्यो नयाँ डिजाइनको ‘जम्प’ इलेक्ट्रिक स्कूटर

काठमाडौं ।

काठमाडौं । राइड हेलिंग कम्पनी उबरले आफ्नो नयाँ इलेक्ट्रिक स्कूटरहरु सार्वजनिक गरेको छ । कम्पनीले जम्प नामक स्कूटरको नयाँ मोडलहरु सार्वजनिक गरेको हो जसमा ठूलो फ्रेम र ह्याण्ड ब्रेकहरु राखिएको छ।

उबरले यी स्कूटरहरु जून २४ देखि अमेरिकामा र यो मौसमको अन्त्यमा यूरोपमा उपलब्ध गराउने तयारी गरेको छ।

उबरले यसअघि अमेरिकाको क्यालिफोर्नियामा पहिलो इलेक्ट्रिक स्कूटर प्रयोग गरेको थियो । त्यसबेला जम्प र साओमीको नाइनबोट स्कूटरबिच विवाद उत्पन्न भएको थियो । तर अब कम्पनीले जम्पको दोस्रो संस्करणमा नयाँ कम्पनीसँग सहकार्य गरेर सार्वजनिक गरेकोहो ।

‘उबरले नयाँ मोबिलिटी हार्डवेयर आविश्कार गरेको छ जसले मानिसहरुलाई कारहरुको तुलनामा बाइक्स र स्कूटरहरु छनौट गर्न सजिलो र सुरक्षित हुनेछ,’ उबरका हेड अफ न्यू मोबिलिटी रचेल होल्टले भने ।

कम्पनीले जम्पको डकलेस इलेक्ट्रिक बाइकहरुको लागि साट्न सकिने नयाँ स्वापाबेल ब्याट्री पनि सार्वजनिक गरेको छ । जम्पले आफ्ना बाइकहरुमा यो वर्षको अन्त्यसम्ममा स्वापाबेल ब्याट्री जडान गर्नेछ तर अहिले भने राइडरहरुले नै त्यसलाई बदल्न सक्नेछन् ।

उबरले यो साट्न सकिने नयाँ स्वापाबेल ब्याट्री अन्य बाइकहरु तथा स्कूटरहरुमा हुने ब्याट्रीहरुको तुलनामा निकै सुरक्षित हुने बताएको छ । एजेन्सी

easy care

प्रकाशित: २९ जेष्ठ २०७६, बुधबार