सामसंग ग्यालेक्सी एम ४० स्मार्टफोन सार्वजनिक, फोनमा स्क्रीन साउण्ड टेक्नोलोजी प्रयोग

Technology Khabar २९ जेष्ठ २०७६, बुधबार

सामसंग ग्यालेक्सी एम ४० स्मार्टफोन सार्वजनिक, फोनमा स्क्रीन साउण्ड टेक्नोलोजी प्रयोग

काठमाडौं ।

काठमाडौं । सामसंगले एम सिरिजमा नयाँ स्मार्टफोन लन्च गरेको छ । कम्पनीले ल्याएको यो ग्यालेक्सी एम४० (Galaxy M40) स्मार्टफोन बिगत केहि दिनदेखि निकै चर्चामा रहेको थियो ।

ग्यालेक्सी एम४० स्मार्टफोनमा इनफिनिटी ओ डिस्प्ले र ट्रिपल रियर क्यामरा सेटअप राखिएको छ । यो ग्यालेक्सी लाइनअपको सबैभन्दा नयाँ स्मार्टफोन हो, जसमा स्क्रीन साउण्ड टेक्नोलोजी राखिएको छ ।

सामसंगको ग्यालेक्सी एम४० स्मार्टफोनमा ६.३ इन्चको एचडी प्लस इनफिनिटी ओ डिस्प्ले राखिएको छ, जसको रिजोल्यूशन २३४०x१०८० पिक्सेल छ ।

फोनमा ६जीबी र्यामका साथमा १२८ जीबीको आन्तरिक स्टोरेज रहेको छ । फोन क्वालकम स्न्यापड्रागन ६७५ प्रोसेसर तथा एड्रेनो ६१२ जीपीयूका साथमा उपलब्ध हुनेछ ।

फोटोग्राफीका लागि ग्यालेक्सी एम४० मा रियर ट्रिपल क्यामरा सेटअप रहेको छ, जसमा ३२ मेगापिक्सेल प्लस, ५ मेगापिक्सेल प्लस ८ मेगापिक्सेलको सेन्सर छ । फोनमा फोरके रेकर्डिंग, स्लोमो र हायपरल्याप्सको सपोर्ट छ । सेल्फीका लागि भने १६ मेगापिक्सेलको फ्रन्ट क्यामरा रहेको छ ।

ग्यालेक्सी एम४० स्मार्टफोनमा रहेको १२८ जीबी इन्टरनल स्टोरेजलाई बढाएर ५१२जीबीसम्म पुर्याउन सकिन्छ ।
कनेक्टिभिटीको लागि फोनमा ४जी भोल्टे, वाईफाई, ब्लूटूथ, यूएसबी टाइप सी पोर्ट छ । यो फोनको पछाडिको भागमा फिंगरप्रिन्ट स्क्यानर रहेको छ ।

सामसंगको नयाँ फोनमा पावरका लागि ३,५०० एमएएचको ब्याट्री प्याकका साथमा १५ वाटको फास्ट चार्जिंगको सपोर्ट छ । फोनमा ३.५ एमएमको अडियो ज्याक छैन भने यो फोन एन्ड्रोयड ९ पाई अपरेटिंग सिस्टममा आधारित रहेको छ ।

सामसंगले ग्यालेक्सी एम४० को बजार मूल्य भारतमा १९,९९९ भारु अर्थात करिब ३२ हजार रुपैयाँ तोकेको छ । सीवाटर ब्लू ग्रेडिएन्ट कलर अप्सनमा उपलब्ध हुने यो स्मार्टफोन यहि जून १८ तारिखदेखि अनलाइनमा उपलब्ध हुने बताईएको छ ।

यो स्मार्टफोन नेपाली बजारमा कहिले आउँछ भन्ने जानकारी छैन् ।

easy care

प्रकाशित: २९ जेष्ठ २०७६, बुधबार