Technology Khabar २९ जेष्ठ २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । नेपालको पहिलो र नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमई १८औं वर्ष पुरा गरी १९औं वर्षमा प्रवेश गरेको छ ।
रोजगारीका लागि विदेशमा जाने प्रचलन बढेसँगै नेपालीहरूले अन्तर्राष्ट्रिय बजारमा कमाएको पैसा नेपालमा रहेका आफन्तलाई पठाउने बैंकिङ्ग संजालको आवश्यकता महसुस भइरहेको अवस्थालाई हृदयंगम गर्दै सन् २००१ मा आइएमईले आफ्नो सेवा प्रथम पटक मलेसियाबाट शुरु गरेको थियो ।
‘१९औं वार्षिकोत्सव सशक्तिकरणको’ भन्ने मूल नाराका साथ मनाउन लागिएको १९औं वार्षिकोत्सवको अवसर पारेर पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । हरेक वार्षिकोत्सवमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केहि न केहि सामाजिक कार्य गर्ने परम्परा अनुरुप यस वर्ष आयोजना गरिएको रक्तदान कार्यक्रममा आइएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल सहित कूल ७० जना कर्मचारीहरूले रक्तदान गरेको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले सेवा शुभारम्भको १९औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी २ सय १ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिव १० हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःु ख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको जनाएको छ ।
प्रकाशित: २९ जेष्ठ २०७६, बुधबार