फेसबुकलाई व्यक्तिगत डाटा बेचेर पैसा कमाईने, यस्तो छ फेसबुकको ‘स्टडी’ एप

Technology Khabar २९ जेष्ठ २०७६, बुधबार

फेसबुकलाई व्यक्तिगत डाटा बेचेर पैसा कमाईने, यस्तो छ फेसबुकको ‘स्टडी’ एप

काठमाडौं ।

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले बजार अनुसन्धानको लागि विशेष जानकारी दिने प्रयोगकर्तालाई पैसा दिने एप सार्वजनिक गरेको छ । कम्पनीले मार्केट रिसर्च प्रोग्रामलाई पुनः लन्च गर्दै नयाँ एप ल्याएको हो ।

फेसबुकले मंगलबारदेखि ल्याएको स्टडी नामक सो एप हाल एन्ड्रोइडमा मात्र उपलब्ध हुनेछ। स्टडी एपले प्रयोगकर्ताले कुन कुन एप्लिकेसन, कुन देशबाट कति समयसम्म प्रयोग गरिरहेका छन् भन्ने जानकारी लिने छ।

फेसबुकले स्टडीमार्फत् यूजरको आईडी, पासवर्ड र खोलेका वेवसाइट, विभिन्न कन्टेन्टहरु जसमा फोटो, भिडियो, मेसेजलगायतका नितान्त व्यक्तिगत र गोप्य विवरण भने संकलन नगरिने प्रतिबद्धता जाहेर गरेको छ ।

यसअघि फेसबुक रिसर्च नामको एपबाट कम्पनीले यस्ता डाटाहरू संकलन गर्न लागेको थियो। तर सो एपले टिनएजर्सलाई लक्षित गरेको र गोपनियतामाथि हस्तक्षेप गरेको भन्दै विरोध गरेपछि त्यसलाई बन्द गरिएको थियो।

फेसबुकले हाल फेरि त्यस्तै खालको एप सार्वजनिक गरेको हो। तर स्टडी एपमा सहभागी हुने प्रयोगकर्ताको उमेर १८ वर्ष माथिको हुनुपर्नेछ । फेसबुक एकाउन्टमा भएको जन्ममितिका आधारमा उमेर तय हुनेछ। हाल यो स्टडी एप अमेरिका र भारतमा प्रयोगमा ल्याईएको फेसबुकले जानकारी दिएको छ ।

फेसबुकले यसरी तयार भएको विवरण तेस्रो पक्षलाई बिक्री नगर्ने र विज्ञापन देखाउन यसलाई प्रयोग नगरिने तर अन्य व्यवहारको अध्ययन गर्न प्रयोग गर्ने बताएको छ ।अन्य प्रयोजनका लागि प्रयोग नहुने बताएको छ।

फेसबुकबाट पैसा पाउन प्रयोगकर्ताको पेपल खाता हुनुपर्नेछ। कति विवरण दिएवापत् कति पैसा पाइन्छ भन्नेबारे खुलाइएको छैन।फेसबुकको नयाँ एपमार्फत कम्पनीले प्रयोगकर्ताहरुले फेसबुकमा भएका फीचरहरुमध्ये कुन कतिबेला र कसरी प्रयोग गर्दछन भन्ने अध्ययन गर्नेछ र त्यसकोआधारमा आगामी दिनहरुमा त्यसलाई सुधार गर्नेछ ।

यो एप सबैले डाउनलोड गर्न सक्नेछन् । तर सबै फेसबुक प्रयोगकर्ताले स्टडी एप प्रयोग गर्न पाउने छैनन्। ती प्रयोगकर्ताले मात्र यसको प्रयोग गरेर रकम प्राप्त गर्नेछन जसलाई एपलाउजमार्फत अनुमति प्रदान गरिएको छ ।

प्रयोगकर्ताले सो एपमा लग इन गरेपछि एपलाउजले कस्ता कस्ता जानकारीहरु फेसबुकले लिईरहेको छ भन्ने प्रयोगकर्तालाई बताउँछ र त्यसपछि मात्र सो एपअन्तरगतको अनुसन्धान शुरु हुन्छ ।

सो एपले प्रयोगकर्तालाई समय समयमा नोटिफिकेसन पठाएर यूजर्सले फेसबुकलाई डाटा र जानकारी बिक्री गरेको बारेमा सम्झाउनेछ । फेसबुकले सो एप यूजरलाई उनीहरुको एकाउन्टमा वा पेपालमा रकम भुक्तानी गर्ने बताएको छ ।

लक्षित प्रयोगकर्ताको समूहको वालमा फेसबुकले स्टडी एपको विज्ञापन देखाउनेछ।

तर फेसबुकले सो एप प्रयोगकर्तालाई कति शुल्क भुक्तानी गर्दछ भन्ने जानकारी भने सार्वजनिक गरेको छैन् ।

स्रोत माध्यम

Global Bank
easy care

प्रकाशित: २९ जेष्ठ २०७६, बुधबार

ताजा समाचार