अपटेड समाचार

साओमीको एमआई ब्याण्ड ४ सार्वजनिक, कलरफूल डिस्प्लेका साथै भ्वाइस कमाण्ड सपोर्ट

काठमाडौं । चिनियाँ टेक कम्पनी साओमीले होम मार्केट चीनमा एमआई ब्याण्ड ४ लन्च गरेको छ । कम्पनीले यसअघिको एमआई ब्याण्ड ३ को अपग्रेड भर्सन लन्च गरेको हो जसको विशेषता भनेको यसमा भएको कलर एमोलेड डिस्प्ले हो ।

साओमीले ब्याण्डमा पहिलो पटक कलरफुल एमोलेड डिस्प्ले तथा सिक्स एक्सिस एस्लेरोमीटर सेन्सर जडान गरेको छ ।
साओमी एमआई ब्याण्ड ४ मा ९.९५ इन्चको कलर एमोलेड २.५डी डिस्प्ले राखिएको जसको रिजोल्यूशन १२०x२४० पिक्सेल छ । यो फिटनेट ब्याण्डमा टच सपोर्ट पनि रहेको छ । यसका साथै यसमा माइक पनि उपलब्ध छ जसले भ्वाइस कमाण्ड सपोर्ट गर्दछ ।

एमआई ब्याण्ड ४ मा सिक्स एक्सिस एस्सेलेमीटर सेन्सर छ जसले फिजिकल मुभमेन्टलाई मनिटर गर्दछ ।

यो नयाँ ब्याण्डलले साइक्लिंग, स्वीमिंग, एक्सरसाएज, रनिंग र वाकिंग जस्ता फिजिकल मुभमेन्टलाई पनि मनिटर गर्दछ । कम्पनीकाअनुसार नयाँ फिट्नेट ब्याण्ड ५ एटिएम रेटिंगका साथ आउँछ, जसले विभिन्न स्वीमिंग एक्टिभिटीलाई पनि पत्ता लगाउन सक्छ । यसका साथै यो ब्याण्डले पेमेन्ट मोड पनि सपोर्ट गर्दछ ।

साओमीको नयाँ ब्याण्डको डिस्प्लेमा फाइण्ड स्मार्टफोन तथा म्यूजिक ट्र्याक चेन्जको वट ट्याप फीचर समेत रहेको छ ।

साओमीले नया फिटनेस ब्याण्ड हाल चीनमा मात्र लन्च गरेको छ जसको मूल्य १६९ चिनियाँ यूआन रहेको छ । यसका साथै कम्पनीले एमआई ब्याण्ड ४ को एनएफसी भेरिएन्ट पनि लन्च गरेको छ जसको मूल्य २९९ यूआन रहेको छ । कम्पनीले नयाँ ब्याण्डको स्पेशल एभेन्जर्स सिरिज लिमिटेड एडिसन पनि लन्च गरेको छ जसको मूल्य २४९ यूआन रहेको छ ।

साओमीले एमआई ब्याण्ड ४ फिटनेस ब्याण्डलाई विभिन्न कलर स्ट्रीपका साथ लन्च गरेको हो । एमआई ब्याण्ड ४ ब्लूटूथ ५.० र साओ एआईका साथमा आउँछ ।

यो नयाँ ब्याण्ड चीनमा १६ जूनदेखि उपलब्ध हुनेछ भने यसले अलिबाबा र अलिपे सपोर्ट गर्दछ ।

यो ब्याण्ड चीनभन्दा बाहिर ग्लोबल बजारमा कहिलेदेखि लन्च हुन्छ भन्ने जानकारी छैन् ।