रिलायबल नेपाल लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोवारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणाली प्रयोग गरि डिजिटल माध्यमबाट भुक्तानी गर्नसक्ने गरि दुई संस्था बीच सम्झौता भएको छ।

सम्झौता पत्रमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

रिलायबल नेपाल लाईफ इन्स्योरेन्स सो क्लियरिङ हाउसको सदस्यका रुपमा जोडिने पहिलो लाइफ इन्स्योरेन्स कम्पनी बनेको बताईएकोछ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.ले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एचसीएचएल आईपीएस र कनेक्टआईपीएस ईपेमेन्ट ल्ऋज्ी(क्ष्एक् र अयललभअतक्ष्एक् भ(एबथmभलत प्रणालीसँग आबद्ध भए पछि एजेन्ट कमिसन, तलब, भुक्तानी दिनुपर्ने बीलहरु, भुक्तानी लिनुपर्ने रकमहरु र लगानी सम्बन्धी कारोबारहरु संस्थासंग आबद्ध भएका बैंक खाताहरुबाट सोभैm गर्न सक्नेछ।

यो प्रणालीमा आबद्ध भए लगत्तै रिलायबल नेपाल लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो(प्रिमियम)बीमा शूल्कपनि अनलाइनमार्फत सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहिहरुका बैंक खाताहरुबाट हुने कम्पनीले जनाएको छ।

Leave a Reply