ओपोले आर सिरिजका फोनको उत्पादन बन्द गर्ने, अब रेनो सिरिजमा मात्र

Technology Khabar २८ जेष्ठ २०७६, मंगलवार

ओपोले आर सिरिजका फोनको उत्पादन बन्द गर्ने, अब रेनो सिरिजमा मात्र

काठमाडौं ।

काठमाडौं । ओपोले उपभोक्ताको सर्वोप्रिय ब्राण्ड बन्ने उद्देश्यका साथ नयाँ योजना बनाएको छ । ओपोले भरखरै, रेनो सिरिज सार्वजनिक गर्दै आफ्नो आर सिरिज अन्तर्गतका फोनहरु ‘डिस्कन्टिन्यू’ गर्ने घोषणा गरेको छ ।

वैश्विक स्तरमै रेनो र रेनो १०एक्स जुमका लागि चलिरहेको चर्चाका विच आफ्ना उपभोक्तालाई विलाशी अनुभव प्रदान गर्न अझ समावेशी डिजाइन र विशिष्ट सौन्दर्य शास्त्र मार्फत, बृहत्त उपभोक्ता माझ आफ्नो सेवा पु¥याउने सोचका साथ ब्यापक अपिल गर्दै कम्पनी परिवर्तन उन्मुख भएको हो ।

समाचारको पुष्टि ओपोका उपाध्यक्ष शेन यिरेनले गरेका हुन् । शेनका अनुसार रेनो जस्तो प्रिमियम सिरिजमा आफ्नो ध्यान केन्द्रित गर्न सर्वाधिक विक्रि हुन सफल मोडल भएतापनि आर–सिरिजलाई डिस्कन्टिन्यू गर्न लागिएको हो ।

ओपोको ‘क्लासिक हलमाकर्’, ‘बोल्ड डिजाइन ल्यांग्वेज’मा केन्द्रित हुँदै ओपोले कम्पनीको ध्यान आफ्नो उच्च क्यामेरा प्रविधिमा केन्द्रित गर्दैछ । यसैको नतिजाका रुपमा ओपोको नयाँ रेनो १०एक्स जुमलाई लिन सकिन्छ । यस उपकरणमा सार्क फिन पप्–अप क्यामेरा, स्न्यापड्रागन ८५५ प्रोसेसर र १०एक्स हाईब्रिड जुम लेन्सका साथमा ट्रिपल क्यामेरा सेटअप उपलब्ध गरिएका कम्पनीले जानकारी दिएको छ ।

ओपो रेनो सिरिजको ५जी–रेडी भर्सन पनि सार्वजनिक गर्ने ओपोको योजना छ । रेनो भेरियण्टमा फुल–एचडी रेजोल्यूसन सहित ६.४—ईञ्च एमोलेड डिस्प्ले जडान गरिएको छ । ८ जीबी ¥याम सहितको क्वालकम स्न्यापड्रागन ७१० प्रोसेसरद्वारा सञ्चारित यस फोनमा तिब्र क्षमता सहितको ईन–डिस्प्ले फिंगरप्रिन्ट स्क्यानरपनि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २८ जेष्ठ २०७६, मंगलवार