Technology Khabar २७ जेष्ठ २०७६, सोमबार
काठमाडौं ।
काठमाडौं । अमेरिकाले ह्वावे टेक्नोलोजीज् माथि लगाएको प्रतिबन्धमा ढिलाई गर्न ह्वाइट हाउसका निमित्त बजेट प्रमुखले अनुरोध गरेका छन् ।
ह्वावेसँग अमेरिकी सरकारको व्यवसाय गर्नबाट रोक्ने कानून लागू गराउन ढिलाई गर्न आग्रह गर्दै अफिस अफ म्यानेजमेन्ट एण्ड बजेटका एक्टिंग डाइरेक्टर रशेल टि. भउटले उपराष्ट्रपति माइक पेन्स र नौ कंग्रेस सदस्यहरुलाई पत्र पठाएको रिपोर्ट वाल स्ट्रिट जर्नलले प्रकाशित गरेको छ ।
सो पत्रमा नेशनल डिफेन्स अथोराइजेसन एक्टको केहि भागहरु लागू हुन ढिलाई गराउन अनुरोध गरिएको छ । सो कानूनको केहि भागहरुले अमेरिकी सरकारी एजेन्सीहरु र ह्वावे तथा अन्य चिनियाँ कम्पनीहरुसँग व्यवसाय गरिरहेका सरकारी अनुदान तथा सहयोग प्राप्त संस्थाहरुलाई समेत प्रभावित पार्दछ ।
अमेरिकामा रहेका साना रुलर अपरेटरहरु यो कानूनबाट निकै प्रभावित हुने बताईएको छ जसले नेटवर्क स्तरोन्नती र बिस्तारका लागि प्राय न्यून लागतका कारण चिनियाँ आपूर्तिकर्ताहरु छनौट गर्ने गरेको बताईएको छ ।
लागू गरिने सो कानूनले सरकारी आपूर्तिहरुका लागि सिमित कम्पनीहरुलाई मात्र अनुमति दिने र त्यसले ग्रामीण भेगमा रहेका अमेरिकी कम्पनीहरु आकस्मिक असरमा पर्ने सो पत्रमा उल्लेख छ ।
पत्रमा प्रभावित कम्पनीहरुलाई रेस्पोन्स र फिडब्याकको लागि समय दिनुपर्ने समेत जानकारी गराईएको रिपोर्टमा उल्लेख छ ।
प्रकाशित: २७ जेष्ठ २०७६, सोमबार