माइक्रोसफ्टद्धारा नयाँ पुस्ताको एक्सबक्स कन्सोल घोषणा, सन् २०२०मा बजारमा आउने

काठमाडौं । माइक्रोसफ्ट कर्पले नयाँ पुस्ताको एक्सबक्स कन्सोलको घोषणा गरेको छ । नयाँ कन्सोल प्रोजेक्ट स्कारलेटअन्तरगत सार्वजनिक गरिएको हो जुन सन् २०२० को बिदाको सिजनमा उपलब्ध हुनेछ ।

यो डिभाइस एक्सबक्स वान एक्स कन्सोल भन्दा ४ गुणा शक्तिशाली हुनेछ र यसमा एडभान्स माइक्रो डिभाइसेस चिप प्रयोग गरिएको छ ।

कन्सोलले १२० फ्रेम प्रति सेकेण्ड देखाउनेछ, जुन टिभीको भन्दा औसत दोब्बर हो । यसको गेम्स पुराना मेकानिकल हार्ड ड्राइभमा भन्दा तिब्र लोड हुन्छ ।

माइक्रोसफ्टको लोकप्रिय हालो भिडियो गेम नयाँ कन्सोलका साथमा उपलब्ध हुनेछ ।

माइक्रोसफ्टका साथै प्रतिस्पर्धी कम्पनी सोनी कर्पले पनि नेक्स्ट जेनेरेशनको प्ले स्टेशन ५ कन्सोल लन्च गरेको छ । जसमा एक्सबक्सको जस्तै विशेषताहरु छन भने एएमडीको चीपसेट राखिएको छ । सोनीले यो प्ले स्टेशन कहिले उपलब्ध हुन्छ भन्ने जानकारी दिएको छैन् ।

माइक्रोसफ्टले आफ्नो गेम स्ट्रीमिंग सर्भिस प्रोजेक्ट एक्सक्लाउड अक्टोबरमा लन्च गर्ने घोषणा गरेको छ ।