पबजी मोबाइल गेम विश्वमा धेरै आम्दानी गर्ने एप, यूजर्सले दैनिक ४८ लाख डलर खर्च गर्दै

Technology Khabar २६ जेष्ठ २०७६, आईतवार

पबजी मोबाइल गेम विश्वमा धेरै आम्दानी गर्ने एप, यूजर्सले दैनिक ४८ लाख डलर खर्च गर्दै
मोबाइलमा पबजी गेम खेल्दै नेपाली यूजर । फाइल

काठमाडौं ।

काठमाडौं । पबजी अनलाइन गेम विश्वभर निकै लोकप्रिय रहँदै आएको छ । पबजीले चीनमा भने नयाा भर्सन गेम फर पीस लन्च गरेको छ । यी दुबै गेमहरुका कारण चिनियाँ कम्पनी टेनसेन्टको आम्दानी मई महिनामा एकै दिनमा ४८ लाख डलर भन्दा बढि पुगेको छ ।

यसको आम्दानीमा भएको वृद्धिसँगै यो विश्वको सबैभन्दा धेरै आम्दानी गर्ने एप बनेको छ ।

मोबाइल एप इन्टेलीजेन्स कम्पनी सेन्सर टावरको रिपोर्टअनुसार टेन्सेन्टको पबजी र गेम फर पीस धेरै कममाउने कम्पनी भएको हो ।

कम्पनीको चीनमा एन्ड्रोयडबाट हुने आम्दानीलाई समावेश नगरिकन नै दुबै भर्सन मिलाउँदा कम्पनीले मई महिनामा कुल ६५ करोड अमेरिकी डलर कमाएको छ जसमध्ये अप्रिल महिनाको आम्दानी १४.६ करोड डलरका तुलनामा १२६ प्रतिशतले अधिक हो ।

पबजी मोबाइल र गेम फर पीस एपमा मई महिनामा भएको कुल आम्दानीमध्ये करिब १०.१ करोड डलर एप्पलको स्टोरबाट मात्र प्राप्त भएको बताईएको छ जबकी गूगलको प्लेटफर्मबाट केबल ४.५३ करोड डलर मात्र आम्दानी भएको थियो ।

सेन्सर टावरका अनुसार यो एपको दुबै भर्सन जोड्दा बयसपछि रहने गेमिंग एप अनर अफ किंग्सभन्दा यसको आम्दानी १७ प्रतिशत अधिक हुन्छ । अनर अफ किंग्सले करिब १२.५ करोड डलर कमाई गरेको छ । यो पनि टेनसेन्टद्धारा निर्मित गेमिंग एप हो ।

एप स्टोर र गूगल प्ले यूजर्सले गत महिना पबजीको दुबै मोबाइल भर्सनमा औसतमा ४८ लाख डलर दैनिक खर्च गरेका छन् ।

easy care

प्रकाशित: २६ जेष्ठ २०७६, आईतवार