यस्तो डिजाइनमा आउनेछ टोयोटाको इलेक्ट्रिक भेहिकल, सार्वजनिक भयो तस्विर

Technology Khabar २६ जेष्ठ २०७६, आईतवार

यस्तो डिजाइनमा आउनेछ टोयोटाको इलेक्ट्रिक भेहिकल, सार्वजनिक भयो तस्विर

काठमाडौं ।

काठमाडौं । जापानी कार मेकर कम्पनी टोयोटाले इलेक्ट्रिक भेहिकल ल्याउने आफ्नो ५ वर्षे योजनाअनुसारको पहिलो अल इलेक्ट्रिक कारको इमेज सार्वजनिक गरेको छ ।

कम्पनी हाल अल इलेक्ट्रिक कार बनाउने भन्दा पनि हाईब्रिड कारहरुमा ध्यान दिईरहेको छ ।

कम्पनीका कार्यकारी भाइस प्रेसिडेन्ट सिगेकी टेराशीले सन् २०२५ सम्ममा टोयोटाको आधा भन्दा धेरै गाडिहरु अल इलेक्ट्रिक कार हुने बताए ।

गाडि निर्माता कम्पनीहरुले इलेक्ट्रिक कारको निर्माणमा विभिन्न किसिमका टर्महरु प्रयोग गरिरहेका छन् । जसमा हाईब्रिड, प्लग इन हाईब्रिड र अल इलेक्ट्रिक कार रहेका छन जसमध्ये टोयोटाले अल इलेक्ट्रिक कार ल्याउने योजना सार्वजनिक गरेको हो ।

टोयोटाले अल इलेक्ट्रिक कारमा भन्दा पनि हाइब्रिड गाडिहरुमा आफ्नो मूख्य ध्यान केन्द्रित गरिरहेको छ । कम्पनीले अझैपनि हाईब्रिड र फ्यूल सेल गाडिहरुमा नै ध्यान दिईरहेको छ ।

टेराशीले अल इलेक्ट्रिक कारहरुको लागि टोयोटाले थप धेरै लगानी गर्ने बताए ।

अल इलेक्ट्रिक कारको लागि प्रति यूनिटमा छुट्टै ब्याट्री उपयोग हुने हुँदा टोयोटाले त्यसको लागि आवश्यक अधिक आपूर्ति समेत सुनिश्चित गरेको छ ।

टेराशीले टोयोटा प्रियुसको लागि ब्याट्री उत्पादन गरेको अनुभव सुनाउँदै आफ्ने कम्पनीले उत्पादन गरेको ब्याट्री निकै कम हुने र अल इलेक्ट्रिक कारको लागि अधिक ब्याट्री आवश्यक पर्ने स्पष्ट पारे।

यसको लागि टोयोटाले दुईवटा चिनियाँ कम्पनीहरु एम्पेरेक्स टेक्नोलोजी र बिवाईडीसँग सहकार्य गरिरहेको छ ।
टोयोटाले आफ्नो अल इलेक्ट्रिक कार सन् २०२० सम्ममा लन्च गर्ने बताउँदै आएको छ ।

Global Bank
easy care

प्रकाशित: २६ जेष्ठ २०७६, आईतवार

ताजा समाचार