चिनियाँ ब्राण्ड रियलमीले यहि वर्ष ५जी स्मार्टफोन ल्याउँदै

Technology Khabar २४ जेष्ठ २०७६, शुक्रबार

चिनियाँ ब्राण्ड रियलमीले यहि वर्ष ५जी स्मार्टफोन ल्याउँदै

काठमाडौं ।

काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर रियलमीले यहि वर्षको अन्त्यसम्ममा ५जी स्मार्टफोन लन्च गर्ने भएको छ ।

कम्पनीले यसअघि ५जी स्मार्टफोन सन् २०२० मा मात्र भारतमा लन्च गर्ने घोषणा गरेको थियो । तर अब भने कम्पनीले सन् २०१९ भित्रै ५जी स्मार्टफोन ल्याउन लागेको हो ।

रियलमीका सिईओ माधव सेठले हालै ट्वीटरमार्फत ५जी डिभाइस ल्याउने जानकारी दिएका हुन् ।

उनले यो वर्ष नै विश्वभर ५जी प्रडक्ट लन्च गर्ने पहिलो ब्राण्ड हुने भन्दै छिटै नयाँ डिभाइस आउने स्पष्ट पारेका हुन् । यसका साथै भारतमा पनि सकेसम्म छिटै नयाँ डिभाइस लन्च हुने बताए ।

कम्पनीले रियलमी एक्सको ५जी भेरिएन्ट ल्याउन सक्ने अनुमान गरिएको छ । यदि सो स्मार्टफोन ५जीसहित आएमा प्रो नाममा आउनेछ भने त्यसमा ट्रिपल क्यामरा सेटअप हुनेछ । त्यसैगरि ५जी फोनमा स्न्यापड्रागन ८५५ चीपसेट हुनसक्ने अनुमान गरिएको छ ।

पछिल्लो दिनहरुमा मोबाइल अपरेटरहरुले ५जी जडान र बिस्तार गर्न थालेसँगै ५जी स्मार्टफोनको माग बढ्ने तथा मूल्य घट्ने अनुमान गरिएको छ । त्यसैले पनि डिभाइस उत्पादक कम्पनीहरुले ५जी स्मार्टफोनमा ध्यान दिईरहेका छन् ।

रियलमीले आफ्नो उपस्थिती चीन, ताइवान र भारतमा जनाएको छ जहाँ कम्पनीले लगातार बजार बढाईरहेको छ । कम्पनीले यूरोपमा पनि प्रडक्ट लन्च गर्ने योजना लिएको छ ।

कम्पनीको नयाँ स्मार्टफोन रियलमी एक्समा स्न्यापड्रागन ७१० चीपसेट प्रयोग गरिएको छ भने फोनमा ८जीबी र्याम र ड्यूल क्यामरा सेटअपका साथै ४८ मेगापिक्सेल प्लस ५ मेगापिक्सेलको क्यामरा छ ।

६.५३ इन्चको एज टू एज डिस्प्लेका साथमा पप अप सेल्फी क्यामरा रहेको छ । यो स्मार्टफोन हाल भारतमा भने लन्च भएको छैन् ।

Global Bank
easy care

प्रकाशित: २४ जेष्ठ २०७६, शुक्रबार