Technology Khabar २३ जेष्ठ २०७६, बिहीबार
काठमाडौं ।
काठमाडौं । नर्वेले ७०० मेगाहर्ज र २.१ गीगाहर्ज ब्याण्डको मोबाइल स्पेक्ट्रमको अक्सन सम्पन्न गरेको छ ।
नर्वेले राखेको अक्सनमा मोबाइल अपरेटर आइसले सबैभन्दा धेरै बीड गरेको छ भने टेलिनोर र टेलियाले पनि फ्रिक्वेन्सी पाएका छन् । आइसले दुबै ब्याण्डमा फ्रिक्वेन्सी लिएको छ भने टेलिनोर र टेलियाले ७०० मेगाहर्ज ब्याण्डमा फ्रिक्वेन्सी पाएका छन् ।
७०० मेगाहर्ज ब्याण्डको अक्सनमा कुल ७३५ मिलियन नर्वेजियन क्रोन अर्थात ७५ मिलियन यूरो बराबरको बोलकबोल भएको थियो ।
आइसले २.१ गीजाहर्ज ब्याण्डमा २x१५ मेगाहर्ज न्यूनतम ७०५ मिलियन नर्वेजियन क्रोन बोली लगाएको थियो भने ७०० मेगाहर्ज ब्याण्डमा २x१० मेगाहर्जको लागि २६२ मिलियन नर्वेजिन क्रोन खर्च गरेको थियो । आइसले अझैपनि नर्वेमा मोबाइल नेटवर्क बनाईरहेकोछ भने नयाँ फ्रिक्वेन्सीहरु कम्पनीको लागि बोनस जस्तै भएको बताईएको छ । ७०० मेगाहर्ज ब्याण्डमार्फत कम्पनीले थोरै बेस स्टेशन भएका ९५ प्रतिशत जनसंख्याहरुमा पुग्ने र त्यसको लागत कम हुने अपेक्षा गरिएको छ ।
टेलियाले सो अक्सनमा ७०० मेगाहर्ज ब्याण्डमा २x१० मेगाहर्जका लागि २१७.९ मिलियन नर्वेजियन क्रोन खर्च गरेको छ भने टेलिनोरले सोहि ब्याण्डमा २x१० मेगाहर्जका लागि १८० मिलियन क्रोन लगानी गरेको छ ।
७०० मेगाहर्ज स्पेक्ट्रम नोभेम्बर १ तारिखबाट मात्र उपलब्ध हुनेछ भने यो ४जी क्षमता थप बिस्तार गर्नका साथसाथै ५जी नेटवर्क रोलआउट गर्न पनि उपयोगी हुने बताईएको छ । अपरेटरहरुले सो फ्रिक्वेन्सीका साथमा आगामी ५ वर्षभित्र नर्वेको ४० प्रतिशत जनसंख्यालाई कम्तिमा ५ मेगाबाईट प्रति सेकेण्डको गति उपलब्ध गराउनुपर्ने हुन्छ ।
सो अक्सनमा थप नयाँ अप्सन पनि मोबाइल अपरेटरहरुलाई दिईएको छ । यदि अपरेटरहरुले थप २५० मिलियन क्रोन दुईवर्षभित्र नर्वेका कम पहुँच भएका क्षेत्रहरुमा आफनो कभरेज पुर्याउन खर्च गरेमा थप २ वर्षसम्मको लागि लाइसेन्स दिईनेछ ।
नर्वेको रेगूलेटर संस्था एनकोमकाअनुसार टेलियाले विभिन्न रेलवे लाइनहरुमा नयाँ स्पेक्ट्रममार्फत सेवा दिने प्रतिबद्धता गरेकोछ भने टेलिनोरले अन्तराष्ट्रि सडक संजालनहरु र कोस्टल रुटहरुमा सेवा बिस्तार गर्नेछ । एजेन्सी
प्रकाशित: २३ जेष्ठ २०७६, बिहीबार