सामसङको क्रिकेट वर्ल्डकप लक्षित योजना, टिभी किन्दा ४४ प्रतिशतसम्मको क्यासब्याक

Technology Khabar २३ जेष्ठ २०७६, बिहीबार

सामसङको क्रिकेट वर्ल्डकप लक्षित  योजना, टिभी किन्दा ४४ प्रतिशतसम्मको क्यासब्याक

काठमाडौं ।

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स नेपालले आईसिसि क्रिकेट वल्र्डकप २०१९ को उपलक्ष्यमा सामसङ टिभीमा- “अनवक्स म्याजिक विथ एभरी हिट” (Unbox Magic with Every Hit) योजना प्रस्तुत गरेको छ ।

यस अफर अन्तर्गत सामसङका टिभिको खरिद गर्दा ४४ प्रतिशत सम्मको क्यासब्याक प्राप्त गर्न सक्नुहुनेछ ।

यस क्याश ब्याक अफरमा, ग्राहकहरुले काठमाडौँका सामसङ प्लाजामार्फत टिभी खरिद गरि सरल किस्तावन्दीको सुबिधा समेत प्राप्त गर्न सक्नुहुनेछ । सरल किस्तावन्दी सुविधा १२ महिना अवधिको हुने कम्पनीले उल्लेख गरेकोछ ।

सामसङ टिभीको खरिदमा २ वर्षको वारेन्टी पनि प्राप्त गर्न सक्नुहुनेछ । जस अन्तर्गत टिभी मा १ वर्षको सम्पूर्ण वारेन्टी र थप १ वर्षको वारेन्टी सुविधा प्यानलमा मात्र प्राप्त हुने बताईएको छ ।

यो अफर यही जेठ १८ गतेदेखि लागू भई असार ३० गते सम्म रहने कम्पनीले जनाएको छ ।

Global Bank
easy care

प्रकाशित: २३ जेष्ठ २०७६, बिहीबार

ताजा समाचार