अमेजनको ड्रोनले ग्राहकहरुको घरसम्म सामान पुर्याउने

काठमाडौं । अमेजनले आफ्ना ग्राहकहरुसम्म पुर्याउने सामानहरु अब ड्रोनमार्फत पुर्याउने भएको छ । कम्पनीले केहि महिनाभित्रै ड्रोन डेलिभरी शुरु गर्ने बताएको हो ।

कम्पनीले हालै लास भेगासमा आयोजित कन्फ्रेन्समा मानिस र कुकुर लगायत पहिचान गर्नसक्ने मेसिनको प्रदर्शन गरेको छ । अमेजनका एक्जुकेटिभ जेफ विल्ककाअनुसार सो ड्रोन मेसिनले अधिकतम २.३ किलोग्रामको सामान बोकेर १५ माईलसम्मको यात्रा गर्न सक्दछ । तर विल्कले सो ड्रोन सेवा कहिले र कहाँबाट शुरु हुन्छ भन्ने जानकारी दिएनन् ।

जेभएतापनि अमेरिकी फेडेलर एभिएसन एडमिनिस्ट्रेसनले अमेजनलाई अमेरिकामा ड्रोन संचालनकोलागि अनुमति दिईसकेको जानकारी दिएको छ । कम्पनीले पाएको अनुमतिपत्रको आधारमा अमेजले अनम्यान्ड एयरक्राफ्ट अनुसन्धान, विकास तथा क्रू तालिमको लागि उपयोगगर्न सक्ने बताईएको छ । यो अनुमति केबल १ वर्षको मात्र छ ।

अमेजनले सार्वजनिक गरेको ड्रोनमा ६ वटा रोटरहरु राखिएको छ भने यसमा वरिपरिको वातावरण हेर्नको लागि क्यामरा पनि रहेको छ । यो ड्रोनले भीजुअल, थर्म र अल्ट्रासोनिक सेन्सरको संयुक्त प्रयोग गर्दछ ।

कम्पनीकाअनुसार सो ड्रोनको सम्पर्क बिच्छेद भएपनि ड्रोनले अन्य अब्जेक्टहरु पहिचान गर्न सक्ने किसिमको बनाईएको छ ।