Technology Khabar २२ जेष्ठ २०७६, बुधबार
काठमाडौं ।
काठमाडौं । चिनियाँ स्मार्टफोन मेकर साओमीले आफ्नो नयाँ फ्ल्यागशिप स्मार्टफोन ल्याउन लागेको छ । कम्पनीले हालै साओमी एमआई ९टीको पोस्टर टीजर देखाएको छ ।
यो नयाँ पोस्टर विशेषगरि कम्पनीले सो स्मार्टफोनमा राख्न लागेको हेडफोन ज्याकको बारेमा उल्लेख छ ।
साओमी एमआई ९टी स्मार्टफोनमा कम्पनीले ३.५ एमएम हेडफोन ज्याक राख्ने भएको छ । कम्पनीले करिब २ वर्षपछि मात्रै आफ्नो फ्ल्यागशिप स्मार्टफोनहरु र अन्य केहि मिडरेन्जका स्मार्टफोनहरुमा ३.५ एमएमको हेडफोन ज्याक हटाएको थियो ।
कम्पनीले साओमी एमआई ६, एमआई नोट ३, एमआई मिक्स २, एमआई ८, एमआई ८ एक्प्लोलर भर्सन, एमआई सिक्सएक्स, एमआई ८ लाइट, एमआई ८ अन स्क्रीन फिंगरप्रिन्ट भर्सन, एमआई मिक्स २एस, एमआई मिक्स ३, एमआई ९, एमआई ९ एसईलगायत स्मार्टफोनहरुबाट हेडफोन ज्याक हटाएको थियो ।
तर कम्पनीले करिब ६ वर्षपछि फेरी साओमी एमआई ९टीमा ३.५ एमएमको हेडफोन ज्याक ल्याएको हो । यो विशेषगरि तार प्रयोगगरेर हेडसेट प्रयोग गर्न चाहने ग्राहकहरुलो लागि विशेष हुने अनुमान छ ।
साओमीको एमआई ९ टी स्मार्टफोनमा ६.३९ इन्चको नोच फ्री फूलस्क्रीन एमोलेड फूलएचडी डिस्प्ले राखिएको छ । क्वालकम स्न्यापड्रागन ७३० मोबाइल प्लेटफर्म राखिएको यो स्मार्टफोनमा ४,००० एमएएचको ब्याट्री प्याक रहेको छ ।
फोनमा फोटोग्राफीका लागि २० मेगापिक्सेलको पप अप फ्रन्ट क्यामरा राखिएको छ भने मुख्य क्यामरा ४८ मेगापिक्सेल प्लस ८ मेगापिक्सेल प्लस १३ मेगापिक्सेलको ट्रिपल क्यामरा सेटअप रहेको छ ।
साओमीले यो स्मार्टफोनका साथै अर्को प्रो भर्सन पनि लन्च गर्ने तयारी गरेको छ जसमा क्वालकम स्न्यापड्रागन ८५५ प्रोसेसर राखिनेछ ।
यो नयाँ स्मार्टफोन हेर्दा रेडमी के २० जस्तै देखिन्छ । त्यसैगरि फोनको डिजाइन र केहि एलिमेन्टहरु पनि के २० जस्तै रहेको छ ।
साओमीको एमआई ९टी स्मार्टफोन यहि जुन १२ तारिखमा लन्च हुनेछ ।
प्रकाशित: २२ जेष्ठ २०७६, बुधबार