कोका–कोलाले वर्ल्ड वीथआउट वेस्टका लागी साझेदारहरुसँग मिलेर काम गर्ने

काठमाडौं । विश्व वातावरण दिवसको अवसरमा कोका–कोला नेपालले आफ्नो सस्टेनेवलिटी पार्टनरहरुसँग मिलेर वल्र्ड वीथआउट वेस्टका लागि संकल्प गरेको छ ।

वल्र्ड वीथआउट वेस्ट, सन् २०३० सम्मको बिक्रि गरिएको प्याकेजिङको १०० प्रतिशत बराबरको संकलन र रिसाइकल गर्ने कोका–कोलाको प्रतिबद्धता हो । यसलाई हासिल गर्न कम्पनीले पोर्टफोलियो विस्तार गर्दै प्याकेजिङको १०० प्रतिशत रिसाइकल गर्न यसको डिजाइनमा केन्द्रित गरेको छ, साथै स्थानीय समुदाय, गैर–सरकारी संस्थाहरु, उद्योग तथा उपभोक्ताहको साझेदारीमा रिसाइकल प्याकेजिङ संकलन गर्न त्यसलाई सम्बन्धित ठाँउमा पु¥याउन लागि परेको छ । यस कार्यका लागि डिजाइन, संकलन तथा पार्टनरको तीन स्तम्भ रहेको छ ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा कोक नेपालले आफ्ना सम्पूर्ण साझेदारी संस्थाहरु संयूक्तरुपमा रिसाइकिलिगंका लक्ष्य हासिल गर्न प्रयत्न गरिरहेको कुरामा जोड दिएको छ ।
कोका–कोलाका साउथ वेस्ट एशियाको अपरेसनका भाइस प्रेसिडेन्ट सुन्दीप बजोरियाले भने, “वल्र्ड वीथआउट वेस्ट लक्ष्य अन्तर्गत हामी फोहोरका समस्याहरुलाई कम गर्न विभिन्न पहलहरु गर्दै आएका छौँ । हामीहरुले साझेदार पार्टनरहरुसँग मिलेर आत्मनिर्भर उद्यम तथा डिसेन्ट्रलाइज फोहोर व्यवस्थापनको प्रोत्साहन गर्दछौँ र पीईटी रिकभरीका लागि नयाँ पूर्वधार निर्माण गरिरहेका छौँ । हामी निरन्तर वातावरण प्रदर्शनमा सुधार गर्दै नविनतम समाधान ल्याउनका साथै समुदाय र त्यहाँका स्थानीय वातावरणमा पर्ने प्रभावलाई कम गर्न प्रयास गर्नेछौँ ।”

कोका–कोला नेपालले तथा बोटलिङ पार्टनर बोटलर्स नेपाल लिमिटेडले हालै नेपाली सेना, केन्द्रिय, प्रादेशिक र स्थानिय सरकार तथा नेपाल पर्वतारोहण संघ र एस्.पी.सि.सि.सँगको सहकार्यमा सगरमाथाको फोहोर उठाउनका लागि सबैभन्दा ठुलो अभियानको सुरुवात गरेको थियो ।

“क्लिनआवर प्राइड“ भन्ने नाराका साथ शुरु गरिएको यस अभियानले विश्वको सबैभन्दा अग्लो हिमालको पवित्रतालाई सुरक्षित राख्दै यस्को स्वच्छतालाई बचाई राख्ने लक्ष्य लिएको हो ।

कोका–कोला नेपालका कन्ट्री डाइरेक्टर अम्बुज सिंहले भने, “कोका–कोलामा हामी विश्वलाई नै फोहोर रहित बनाउन सम्भव सबै प्रयासहरु गर्न प्रतिबद्ध छौँ र यो निजी र सरकारी क्षेत्रको संयूक्त प्रयासमा मात्र सम्भव छ । यस पहलको माध्यमबाट हामीले सगरमाथाको फोहोरलाई सफा गरेर यसलाई सुरक्षित राख्न सक्नेछौँ ।”

साथै कोका–कोला नेपालले दुईवटा पीईटी रिसाइकिलिगं प्रोजेक्ट–नगरमित्र तथा रिसाइक्लर साथीसँग सहकार्य गरेको घोषणा गरेको छ । पीईटी रिसाइकिलिगं पहलको रुपमा, कोका–कोला, जीआईजे, जीएमबीएच–जर्मनी, गणेशा इकोस्फ्यर लिमिटेड–इन्डिया, एचसीआई–नेपालले काठमाडौंलाई हरित बनाएर कानुनी, जिम्मेवार तथा वातावरण मैत्री पीईटी रि–कलेक्सन प्रणाली स्थापना गर्न साझेदारी गरेको जनाएको छ ।