सामसंगद्धारा सिक्सजी टेलिकम्यूनिकेसन्स नेटवर्कको अनुसन्धान शुरु

Technology Khabar २२ जेष्ठ २०७६, बुधबार

सामसंगद्धारा सिक्सजी टेलिकम्यूनिकेसन्स नेटवर्कको अनुसन्धान शुरु

काठमाडौं ।

काठमाडौं । विश्वभर फाइभजीमा जाने तिब्र प्रतिस्पर्धा र परीक्षणहरु भईरहँदा सामसंग इलेक्ट्रोनिक्सले भने सिक्स जी अर्थात छैठौं पुस्ताको टेलिकम्यूनिकेसन्स नेटवर्क विकास गर्न शुरु गरेको छ ।

कम्पनीले आफ्नो नयाँ रिसर्च सेन्टरको शुरुवात गर्दै सिक्स्थ जेनेरेशन टेलिकम्यूनिकेसन्स नेटवर्कको प्रारम्भिक अनुसन्धान शुरु गरेको बताएको छ ।

सामसंगले दक्षिणी सियोलमा अवस्थित मुख्य अनुसन्धान तथा विकास संस्था सामसंग रिसर्चअन्तरगत एडभान्स कम्यूनिकेसन्स रिसर्च सेन्टर गठन गरेको हो ।

दक्षिण कोरियाली टेक कम्पनीकाअनुसार हालको टेलिकम्यूनिकेसन्स रिसर्च टिमले पाँचौं पुस्ताको टेक्नोलोजीहरु लन्च गरिसकेपछि सोहि टिमले नै नयाँ अनुसन्धानको काम अगाडि बढाउनेछ ।

‘टेलिकम्यूनिकेसन्स टेक्नोलोजी स्ट्याण्डर्डमा रहेको वर्तमान टिमले नै ६जी नेटवर्कको अनुसन्धानात्मक कामलाई थप बिस्तार गर्दै अगाडि बढाउनेछ,’ सामसंगले भन्यो ।

सामसंगले सिक्सजी नेटवर्क अनुसन्धानका साथसाथै सामसंग रिसर्चले आर्टिफिशियल इन्टेलिजेन्स र रोबोटिक्समा पनि अनुसन्धान ताथ विकास गरिरहेको उल्लेख गरेको छ ।

हाल विश्वमा केबल सिमित स्थानहरुमा मात्र ५जी नेटवर्क जडान भएको छ भने सिमित डिभाइसहरुले मात्र फाइभजी सपोर्ट गर्ने गर्दछ । त्यसैले अझै केहि दशकसम्म ५जी नै टेलिकम्यूनिकेसन्समा महत्वपूर्ण हुनेछ ।

माध्यम

Sajilo Visa

प्रकाशित: २२ जेष्ठ २०७६, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार