रोयल इनफिल्डको क्लासिक-३५० सीसी भर्सन नेपाली बजारमा

Technology Khabar २१ जेष्ठ २०७६, मंगलवार

रोयल इनफिल्डको क्लासिक-३५० सीसी भर्सन नेपाली बजारमा
Classic Tech

काठमाडौं– रोयल इनफिल्डको क्लासिक–३५० सीसी अब नेपालमा भित्रिएको छ । रोयल इनफिल्डको नेपालका लागि आधिकारीक बिक्रेता एभभी दुगड ग्रुपको विवेक अटोमोबाइल्सले रोयल इनफिल्डको लोकप्रिय मोडल क्लासीक ३५० सीसी बीएस आईभी, रेयर डिस्क ब्रेक गनमेटल ग्रे भर्सन नेपाली बजारमा सार्वजनिक गरेको हो ।

रोयल इनफिल्ड ३५० सीसी गनमेटल ग्रे स्पोर्टी लुक, म्याट फिनिस, रेयर डिस ब्रेकसहित विशेषतामा उपलब्ध छ । रोयल इनफिल्ड ३५० सीसी क्लासिक नेपाली युवाहरुको ड्रिम र अत्यन्त लोकप्रिय ब्राण्ड भएको कम्पनीको दाबी छ ।

विवेक अटोमोबाइल्सले आफ्ना १९वटा शाखा एवं डिलरहरु मार्फत विक्री वितरण शुरु गरेको जानकारी दिएको छ ।

रोयल इनफिल्ड क्लासिक ३५०सीसीको इन्जिन, हेडलाईट क्यासिङ्ग, फ्युल ट्याङ्क, डुअल डिस्क ब्रेक, ओभल टुलबक्स, एक्सहसष्ट फाइनस्, स्पिडो मिटर डायलस्, सिंगल सिट स्प्रिङ, स्याडल टेल लाइट एसेम्ब्री र हेडलाईट क्याप सहित उपलब्ध छ ।

हाल थपिएको रेयर डिस ब्रेकका कारण टुरिङ, दैनिक राइडिङका लागि सुरक्षित रहेको रोयल इन्फिल्ड अब झन सुरक्षित हुने कम्पनीको दावी छ ।

रोयल इन्फिल्ड क्लासिक ३५० सीसी केही समय सम्मका लागि मात्र ५ लाख १५ हजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

TK Viber

प्रकाशित: २१ जेष्ठ २०७६, मंगलवार

Loading...