जापानमा फाइभजीको बेस स्टेशन ट्राफिक सिग्नलमा राखिने, २ लाख सिग्नल प्रयोग हुने

Technology Khabar २१ जेष्ठ २०७६, मंगलवार

जापानमा फाइभजीको बेस स्टेशन ट्राफिक सिग्नलमा राखिने, २ लाख सिग्नल प्रयोग हुने

काठमाडौं ।

काठमाडौं । जापानी सरकारले मोबाइल अपरेटरहरुलाई ५जी नेटवर्कको बेस स्टेशनहरु ट्राफिक सिग्नलमा लगाउन अनुमति दिएको छ । कम्पनीहरुले ५जी नेटवर्कको लागि आवश्यक पर्ने बेस स्टेशनहरु ट्राफिक सिग्नलमा लगाउँदा खर्च र समय दुबै बचत हुनेहुँदा सरकारले सो अनुमति दिएको हो ।

हालै निकाईले सार्वजनिक गरेको रिपोर्टअनुसार मोबाइल अपरेटरहरुले ५जी उपकरणहरु ट्राफिक सिग्नल जडान गरेर विभिन्न शहरहरुमा सन् २०२१ मार्च ३१ देखि परिक्षण गर्ने अपेक्षा गरिएको छ । सरकारले सन् २०२३ सम्म जापानभर नै ५जी बेस स्टेशनहरु लगाईसक्ने लक्ष्य राखेको छ ।

जापानमा हाल करिब २ लाख ट्राफिक सिग्नलहरु रहेका छ जसलाई स्थानीय सरकारहरुले व्यवस्थापन गर्दै आएका छन् । ट्राफिक सिग्नलमा ५जी बेस स्टेशन जडान भएपछि स्थानिय सरकारहरुले सो नेटवर्क सेल्फ ड्राइभिंग कार प्रोजेक्ट र प्राकृतिक बिपत्तिको अवस्थामा आकस्मिक संचारको लागि प्रयोग गर्न सक्नेछन् ।

रिपोर्टअनुसार ५जी बेस स्टेशनहरु ट्राफिक सिग्नलमा जडान गर्ने विषय जापानी सरकारको सूचना प्रविधि रणनीतिको आधिकारीक डकुमेन्टमा पनि रहेको छ । सो आधिकारी डकुमेन्ट यहि मध्य जूनमा जापानको क्याबिनेटबाट पारित हुने अनुमान गरिएको छ ।

यो परियोजनालाई सम्पन्न गर्न जापानको संचार मन्त्रालय, नेशनल पोलिसी एजेन्सि, यातायात मन्त्रालय र स्थानीय सरकारहरुले एउटा काउन्सिल गठन गर्ने योजना राखेका छन् ।

जापानमा एनटिटि डोकोमो, केडिडिआई, सफ्टबैंक र राकुटेनले संयुक्तरुपमा १.६ ट्रिलियन जापानी येन आगामी ५ वर्षका लागि देशभर ५जी नेटवर्क जडान र बिस्तारका लागि खर्च गर्ने योजना राखेका छन् ।

अपरेटरहरुले सामान्यतया बेस स्टेशनहरु घरको छतमा राख्ने गरेपछि अधिकांश स्थानहरु यसअघि नै प्रयोगमा आईसकेका छन् । यसको लागि घरधनीसँग वार्ता गर्न समय र बढि मेहनत लाग्ने हुँदा सरकारले छिटो र सस्तोरुपमा ५जी पूर्वाधार तयार गर्न ट्राफिक सिग्नलमा जडान गर्ने योजना लिएको हो ।

यो परियोजनामा सेन्सरहरु लाइटहरुमा इन्स्टल गरिनेछ जसले भरोसायोग्य नेटवर्क संजाल विकास गर्नेछ । यसमा मोबाइल अपरेटरहरु, प्रहरी र स्थानीय सरकारहरुको छुट्टाछुट्टै निजी नेटवर्क हुनेछ ।

नगरपालिकाहरुले बेस स्टेशन राखिएको लाइटहरुको प्रयोग गरेर स्थानियबासीहरुको लागि सेवाहरु उपलब्ध गराउन सक्नेछन् ।

जापानको सरकारले हालै एनटिटि डोकोमो, केडिडिआई, सफ्टबैंक र राकुटेनको ५जी नेटवर्क लगाउने योजनालाई अनुमति प्रदान गरेको थियो । अपरेटरहरुले आगामी २ वर्षमा हरेक क्षेत्रहरुमा ५जी सेवा पुर्याउने लक्ष्य राखेका छन् । एजेन्सी

Global Bank
easy care

प्रकाशित: २१ जेष्ठ २०७६, मंगलवार

ताजा समाचार