एप्पलको नयाँ अपरेटिंग सिस्टम, डार्कमोडदेखि सिक्योरिटी लग-इनसम्म

Technology Khabar २१ जेष्ठ २०७६, मंगलवार

एप्पलको नयाँ अपरेटिंग सिस्टम, डार्कमोडदेखि सिक्योरिटी लग-इनसम्म

काठमाडौं ।

काठमाडौं । एप्पलले आफ्नो डेभलपर्स कन्फ्रेन्समा नयाँ आइफोन र आइप्याडको लागि नयाँ अपरेटिंग सिस्टम लन्च गरेको छ । कम्पनीले डब्लूडब्लूडिएस २०१९ मा नयाँ अपरेटिंग सिस्टम आईओएस १३ लन्च गरेको हो ।

कम्पनीले आइप्याडका लागि भने छुट्टै अपरेटिंग सिस्टम आइप्याडओएस पनि लन्च गरेको छ भने म्याकओएस क्याटालिना, म्याक प्रोलाई पनि मोड्यूलर डिजाइनमा सार्वजनिक गरिएको छ ।

नयाँ अपरेटिंग सिस्टम एप्पलको आइफोन सिक्स एस वा त्यो भन्दा नयाँ डिभाइसहरुमा मात्र उपलब्ध हुनेछ । यसको अर्थ अब तपाईँले आइफोन सिक्स तथा त्यो भन्दा पुराना डिभाइसमा नयाँ अपडेट पाउनुहुनेछैन् ।

त्यसैगरि आइप्याडको लागि भनेर सार्वजनिक गरिएको आइप्याड ओएस एप्पल आइपयाड एयर २, एयर थर्ड जेनेरेशन, आइप्याड मिनी ५ जेनेरेशन तथा आइप्याड प्रो मोडलका सबै भर्सनहरुमा अपडेट गर्न सकिनेछ ।

एप्पलकाअनुसार हाल एप्पलका डिभाइस प्रयोगकर्ताहरुमध्ये ८५ प्रतिशतले पछिल्लो अपरेटिंग सिस्टमको भर्सन प्रयोग गरिरहेका छन् ।

कम्पनीका सिईओ टिम कुकले अहिलेको नयाँ आइओएस १३ पुराना भर्सनहरुको तुलनामा तिब्र गतिको छ । कम्पनीले यसका साथमा डार्क मोडको फीचर पनि दिने भएको छ । डार्क मोडको सुविधा आइफोन र आइप्याड दुबैमा आउनेछ ।

यसबाहेक कम्पनीले सिक्योरिटीलाई अझ ससक्त बनाउन एप्समा एप्पल आईडीद्धारा मात्र साइनइन गर्न सकिनेछ । यसको लागि प्रयोगकर्ताले गूगल वा फेसबुक आईडीको प्रयोग गर्नुपर्नेछ ।

लोकेशन शेयरिंगका लागिपनि नयाँ प्राइभेसी अप्सन राखिएको छ । यसमा फोटो, म्याप, मेमोजी स्टीकर, सिक्योरिटी क्यामरा प्राइभेसी प्रोटेक्सन, सिरी शर्टकट, डार्कमोडलगायतका फीचरहरु नयाँ थप तथा सुधार गरिएका छन् ।

एप्पल आइप्याड ओएसमा पनि सुधार गरिएको छ जसमा डेस्कटप क्लास ब्राउजिंग तथा डाउनलोड म्यानेजर रहेको छ ।

Global Bank
easy care

प्रकाशित: २१ जेष्ठ २०७६, मंगलवार

ताजा समाचार