वर्ल्डलिंकद्वारा आयोजित नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९ शुरु

Technology Khabar २१ जेष्ठ २०७६, मंगलवार

वर्ल्डलिंकद्वारा आयोजित नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९ शुरु

काठमाडौं ।

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशनस लिमिटेडले देशका विभिन्न कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई व्यवहारीक अनुभव तथा व्यवसायीकताको ज्ञान दिन पहिलो पटक ‘नेशनल मार्केटिंग एक्सिलेन्स प्रतियोगिता २०१९’ आयोजना गरेको छ ।

प्रतियोगितामा काठमाडौंबाट ८ वटा कलेज तथा काठमाडौं बाहिरबाट १२ वटा कलेजहरुले सहभागिता जनाएका छन् । जसमा अधिकांश कलेजका विद्यार्थीहरु स्नातक तथा स्नातकोतरमा अध्ययनरत छन् ।

सो प्रतियोगिता जून १ ,२०१९ बाट शूरु भएर जून ३० ,२०१९ सम्म संचालन हुनेछ ।

३० दिनसम्म संचालन हुने प्रतियोगितामा सहभागी कलेजका विद्यार्थीहरुले मार्केटिंग तथा सेल्सको अनुसन्धान र अध्ययन गरी रणनितिहरु बनाउनु पर्ने हुन्छ र सोही रणनितिहरु प्रतियोगिताको निर्णायक मण्डलसामु प्रस्तुत गर्नुपर्ने हुन्छ । सहभागीहरुलाई विभिन्न ख्याति प्राप्त व्यवसायीहरुद्वारा विभिन्न विधाहरुमा २ दिने तालिम प्रदान गरिने छ ।

सो प्रतियोगितामा प्रथम हुने कलेजलाई पुरस्कार स्वरुप २ लाख ५० हजार रुपैयाँ दोस्रो स्थान प्राप्त हुने कलेजलाई १ लाख रुपैयाँ र तेस्रो स्थान प्राप्त हुने कलेजलाई ७५ हजार रुपैयाँ प्रदान गरिने कम्पनीले जनाएको छ ।

easy care

प्रकाशित: २१ जेष्ठ २०७६, मंगलवार