सामसंगको नयाँ ल्यापटप ‘नोटबुक सेभेन’ सार्वजनिक, एप्पलको म्याकबुक प्रो डिजाइनमा

काठमाडौं । सामसंगले हालै दुईवटा नयाँ ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले नयाँ ल्यापटपलाई नोटबुक ७ को नाममा ल्याएको हो ।

सामसंगका दुबै नयाँ ल्यापटपहरु हेर्दा यो पुरै एप्पलको हालको ल्यापटपहरुबाट प्रत्यक्ष प्रभावित भएको देखिन्छ ।

सामसंगले १३ इन्च र १५ इन्चको ल्यापटप ल्याएको हो जसमा विण्डोज १० ल्यापटप भर्सन राखिएको छ भने यसका डिजाइनदेखि फीचरहरु पनि म्याकबुक प्रो जस्तो रहेको छ । यसमा डाइमण्ड कट एज, फराकिलो ट्रयाकप्याड, स्लिम बेजेल्स लगायतका डिजाइन छन् । यसबाहेक कीबोर्डमा लेखिएको अक्षर तथा वालपेपर पनि एप्पलको जस्तो देखिन्छ ।

नोटबुक सेभेनमा दुईवटा यूएसबी ३.० पोर्ट, यूएसबी सी पोर्ट, एचडीएमआई, माइक्रोएसडी स्लटको सुविधा छ ।

सामसंगको नयाँ ल्यापटपहरु ९९९ अमेरिकी डलरदेखि शुरु हुनेछ जुन जुलाई २६ तारिखदेखि अमेरिकामा अमेजन तथा सामसंगको आफ्नै अनलाइटबाट बिक्री गरिनेछ ।

दुबै ल्यापटपहरुमा आठौं पुस्ताको इन्टेल कोर प्रोसेसर छ भने ८ जीबी र्याम राखिएको छ । यसमा १०८० पिक्सेलको स्क्रीन, फिंगरप्रिन्ट सेन्सर रहेको छ ।

१५ इन्चको ल्यापटपमा भने एनभीडियाको जीफोर्स एमएक्स२५० ग्राफीक्स राखिएको छ ।

यसबाहेक कम्पनीले १५ इन्चमा नै नोटबुक ७ फोर्स पनि ल्याएको छ । जो नोटबुक पनि म्याकबुक प्रो जस्तै लेखिन्छ । यो ल्यापटपको मूल्य १,४९९ अमेरिकी डलरदेखि शुरु हुन्छ ।

नोटबुक ७ फोर्समा एनभीडियाको ग्राफीक्स कार्ड छ भने यसमा १६जीबी र्याम राखिएको छ ।यो ल्यापटप विशेषगरि भिडियो एडिटिंग र गेमिंगको लागि ल्याईएको हो । यो ल्यापटपमा ४३ वाटआवरको ब्याट्री प्याक रहेको छ ।

Cheap Sex Cam Website