साओमी र ओपोले ल्याए अन्डर-डिस्प्ले क्यामरा टेक्नोलोजी, बजारमा कहिले आउँछ ?

Technology Khabar २० जेष्ठ २०७६, सोमबार

साओमी र ओपोले ल्याए अन्डर-डिस्प्ले क्यामरा टेक्नोलोजी, बजारमा कहिले आउँछ ?

काठमाडौं । स्मार्टफोन मेकर कम्पनीहरुले प्रत्येक दिन नयाँ नयाँ प्रविधि र डिजाइनहरु सार्वजनिक गरिरहेका छन् । यहि सन्दर्भमा चिनियाँ ब्राण्ड ओपोले पहिलो पटक अन्डर डिस्प्ले क्यामरा टेक्नोलोजी देखएको छ ।

ओपोले हालै आफ्नो आधिकारीक ट्वीट एकाउन्टमा अन्डर डिस्प्ले क्यामरा भएको स्मार्टफोनको एउटा टिजर भिडियो पोष्ट गरेको छ ।

नोच डिस्प्ले र पन्चहोल डिस्प्लेका साथ बजारमा विभिन्न ब्राण्डहरुले स्मार्टफोन सार्वजनिक गरिरहेको बेला ओपोले भने अन्डर डिस्प्ले क्यामरासहितको स्मार्टफोन ल्याउन लागेको हो । कम्पनीले फ्रन्ट क्यामरालाई डिस्प्लेको मुनीको भागमा राख्न सफल भएको हो । यसले गर्दा स्मार्टफोनको डिस्प्लेमा कुनै प्वाल वा कटिंग हुनेछैन् ।

कम्पनीका भाइस प्रेसिडेन्टले शुरुमा वेबोमा भिडियो पोष्ट गर्दै इन स्क्रीन क्यामरा बनाउनु निकै कठिन काम भएको उल्लेख गरेका छन् ।

ओपोका फोनहरुमा नोच डिस्प्ले डिजाइन रहेको छ भने कम्पनीको प्रिमियम ब्राण्ड रेनोमा भने पप अप क्यामरा टेक्नोलोजी राखिएको छ ।

ओपोले यसअघि पनि नयाँ प्रविधिहरु स्मार्टफोनमा ल्याउन सफल भएको थियो । जसमा सूपर चार्ज भोक, पेरिस्कोप जूम लेन्सलगायत रहेका छन् । ओपोको अन्डर डिस्प्ले क्यामरासहितको स्मार्टफोनहरु कहिले बजारमा उपलब्ध हुन्छ भन्ने जानकारी छैन् ।

यसका साथै अर्को स्मार्टफोन मेकर साओमीले पनि अन्डर डिस्प्ले क्यामरासहितको स्मार्टफोन बनाएको छ । साओमीले पनि आफ्नो अन्डर डिस्प्ले क्यामरा टेक्नोलोजीको बारेमा ट्वीटरबाट जानकारी दिएको छ ।

साओमीका कोफाउण्डर वीन लिनले शुरुमा वेबोमा राखेको एउटा भिडियोमा एम नाइनको प्रोटोटाइप राखिएको छ जसमा अन्डर डिस्प्ले क्यामरा रहेको छ भने त्यसलाई अर्को रेगुलर मोडलसँग तुलना गरिएको छ ।

साओमीले पनि यो टेक्नोलोजी कुन स्मार्टफोनमा कहिलेसम्म ग्राहकहरुसम्म पुग्छ भन्ने उल्लेख गरेको छैन् ।

दुबै कम्पनीहरु तिब्ररुपमा अन्डर डिस्प्ले क्यामरा टेक्नोलोजी ल्याउन प्रयासरत रहेको देखिन्छ जसले गर्दा छिटटै यो प्रविधि आउने अनुमान छ ।

TK Viber

प्रकाशित: २० जेष्ठ २०७६, सोमबार

Loading...