सिजीको क्रिकेट वर्ल्डकप लक्षित ‘बहानाको शुभारम्भ’ योजना, २८ प्रतिशतसम्मको क्यासब्याक

काठमाडौं । इलेक्ट्रोनिक्स् ब्राण्ड सिजीले यसपालिको आईसिसी क्रिकेट वर्ल्डकपलाई लक्षित गर्दै ‘बहानाको शुभारम्भ’ नामक नयाँ उपहार योजना ल्याएको छ।

यस योजना अन्तर्गत ग्राहकले सिजी ब्राण्डका विभिन्न टेलिभिजनहरु खरिद गर्दा ३ वर्षसम्मको वारेन्टीका साथै २८ प्रतिशतसम्मको आकर्षक बचत (क्यासब्याक) प्राप्त गर्नसक्ने कम्पनीले जानकारी दिएको छ।

त्यसैगरी फेसवुकमा संचालित ‘प्रेडिक्ट एण्ड विन’मा सहभागीले प्रत्येक दिन ‘लक्की ड्र’ मार्फत आर्कषक गिफ्ट ह्याम्पर जित्न सक्ने कम्पनीको भनाइ छ।

सो योजना जेठ २० गतेबाट देशभर सिमित अवधिका लागिमात्र लागू हुने कम्पनीले जनाएको छ ।