दूरसंचार प्राधिकरणद्धारा ग्रामीण परियोजना खारेज, भौतिक प्रगति न्यून भएको ठहर

Technology Khabar १९ जेष्ठ २०७६, आईतवार

दूरसंचार प्राधिकरणद्धारा ग्रामीण परियोजना खारेज, भौतिक प्रगति न्यून भएको ठहर
Global IME Bank

काठमाडौं ।

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणले ग्रामीण क्षेत्रमा दूरसंचार सेवा, सुविधा विकास र बिस्तार गर्नका लागि काम गर्दै आएको ग्रामीण परियोजनालाई खारेज गरेको छ ।

ग्रामीण दूरसंचार विकास कोष परिचालन गरी नेपालका ग्रामीण क्षेत्रहरुमा दूरसंचारको विकास र बिस्तार गर्नेगरि संचालनमा रहेको ग्रामीण परियोजनालाई खारेज गर्दै शाखामार्फत काम गर्ने निर्णय गरेको छ ।

दूरसंचार प्राधिकरणको बोर्डले सो कोषमार्फत संचालनमा रहेका ग्रामीण परियोजनाका सबै कार्यहरु अब शाखामार्फत गर्ने निर्णय गरेको हो । प्राधिकरणले ग्रामीण परियोजनाका कार्यहरु संतोषजनकरुपमा नभएको, परियोजनाको संयोजक र सह संयोजक पद रिक्त भएकोले सहजीकरणका कार्यहरु रोकिन गएको, वैकल्पिक व्यवस्था हुन नसक्ने अवस्था भएको, विभिन्न आयोजनाहरुको भौतिक प्रगति अत्यन्त न्यून भएको भन्दै परियोजना खारेज गरेको हो ।

परियोजनाअन्तरगत हाल हुँदै गरेका अप्टिकल फाइबर बिस्तारको कार्यसहितका सबै कामहरु अब शाखामार्फत अगाडि बढाउने भएको प्राधिकरणका निर्देशक तथा प्रवक्ता मिन प्रसाद अर्यालले जानकारी दिए ।

‘यसअघि परियोजनाको रुपमा छुट्टै संयन्त्र थियो, अब भने शाखाको रुपमा नै ग्रामीण परियोजनाका कार्यहरु अगाडि बढाउने छ,’ प्रवक्ता अर्यालले टेक्नोलोजी खबरसँग भने ।

उनकाअनुसार शाखामार्फत परियोजनाका कार्यहरु अझ छिटो र ससक्तरुपमा परिचालन गर्न सकिने हुँदा बोर्डले सो निर्णय लिएको हो ।

प्राधिकरणले परियोजनाका कार्यहरुलाई शाखा मार्फत गराउने र राष्ट्रिय महत्वका निर्णयहरु छिटो सक्ने उद्धेश्य लिएको छ । त्यसको लागि बोर्डले कार्यान्वयन कार्ययोजना बमोजिम तालिका बनाई प्रभावकारीरुपमा काम गर्ने र त्यसको प्रगति बिबरण तीन/तीन महिनामा प्राधिकरण बोर्डमा प्रस्तुत गर्नुपर्ने निर्देशन समेत दिएको छ ।

Sajilo Visa

प्रकाशित: १९ जेष्ठ २०७६, आईतवार

तपाइको प्रतिक्रिया

ताजा समाचार