आजिएटा ग्रुपको आम्दानी ४.३ प्रतिशतले बढ्दा घट्यो एनसेलको आम्दानी, यस्तो छ कारण

Technology Khabar १९ जेष्ठ २०७६, आईतवार

आजिएटा ग्रुपको आम्दानी ४.३ प्रतिशतले बढ्दा घट्यो एनसेलको आम्दानी, यस्तो छ कारण

काठमाडौं ।

काठमाडौं । एनसेलको मुख्य लगानीकर्ता कम्पनी आजिएटाको आम्दानी पहिलो चौमासिकमा ४.३ प्रतिशतले वृद्धि भएको छ । आटिएटा ग्रुपले सन् २०१९ को पहिलो चौमासिकमा ५.९ बिलियन मलेशिन रिंटिग आम्दानी गरेको छ ।

कम्पनीको आम्दानी वृद्धि हुनुमान त्यसका विजनेस यूनिटहरु एक्सएल, रोबी, ईडोट्को, डायलग र स्मार्ट रहेका छन् ।

ग्रुपको अडिट अगाडिको आम्दानीमा ७.७ प्रतिशतको वृद्धि हुँदै २.२ मलेशियन रिंगिट पुगेको छ, कम्पनीको आम्दानी बढ्नुमा एक्सएल, डायलग, रोबी, स्मार्ट र ईडोट्कोको दोब्बर वृद्धिको कारण रहेको छ ।

कम्पनीसँग सन् २०१९ को पहिलो चौमासिकमा ६.८ बिलियन नगद व्यालेन्सी रहेको छ जुन सन् २०१८ मा केबल ५.१ बिलियन मलेशियन रिंगिट रहेको थियो । कम्पनीले गरेको एमवान डाइभेस्टमेन्टका कारण १.६५ बिलियन मलेशियन रिंगिट नगद आम्दानी भएको हो । कम्पनीले आफ्नो सिंगापुरमा भएको एम वान अपरेटर बिक्री गरेको थियो ।

आजिएटा ग्रुपको मलेशिया यूनिट सेलकमले सोहि अवधिमा ७.४ प्रतिशतको वृद्धि देखाउँदै १.७ बिलियन रिंगिट आम्दानी गरेको छ । त्यसैगरि इन्डोनेशियामा रहेको एक्सएल सन् २०१९ को पहिलो चौमासिकमा नाफामा आएको छ । यसअघि लगातार ३ वटा चौमासिकमा घाटामा रहेको थियो । एक्सएलले पहिलो चौमासिकमा ५७ बिलियन इण्डोनेशियन रुपियाँ कमाएको छ ।

फिलिपिन्समा भएको यूनिट स्मार्टले वार्षिकरुपमा दोब्बरले आम्दानीमा वृद्धि गरेको छ । कम्पनीले पहिलो चौमासिकमा ३३.७ प्रतिशतको उच्च वृद्धि हासिल गरेको छ जसमा ६६ प्रतिशत डाटाबाट हुने आम्दानीको योगदान रहेको छ ।

श्रीलंकामा रहेको डायलगले सो अवधिमा ११.२ प्रतिशतको आम्दानी वृद्धि गरेकोछ । डायलगले वार्षिक वृद्धिमा ४.२ प्रतिशको रेकर्ड आम्दानी गरेको बताईएको छ । त्यस्तै बंगलादेशमा रहेको यूनिट रोबीले १०.९ प्रतिशतको आम्दानी वृद्धि हासिल गरेकोछ । न्यून बजारीकरण खर्च र डाटा सर्भिसमा भएको वृद्धिले आम्दानी बढाएको छ । कम्पनीले नाफा ११५ बिलियन बंगलादेशी टाका आर्जन गरेको छ जबकी सोहि अवधिमा सन् २०१८ मा १.३ टाका घाटामा रहेको थियो ।

कम्पनीको पूर्वाधार निर्माण गर्ने कम्पनी ईडोट्कोको आम्दानी पनि २५ प्रतिशतले वार्षिक दरमा वृद्धि भएको छ भने पहिलो तीन महिनामा ४३९ रिंगिट कमाएको छ ।

आजिएटा ग्रुपको आम्दानी नकारात्मक हुने यूनिटमा नेपालको एनसेल प्रालि मात्र रहेको छ । एनसेलले वार्षिक दरमा ५.२ प्रतिशत आम्दानी कम भएको छ । सरकारले गत आर्थिक वर्षमा लगाएको दूरसंचार सेवा शुल्कका कारण एनसेलको आम्दानी घटेको बताईएको छ । त्यसैगरि अन्तराष्ट्रिय कलमा आएको कमीले वनि आम्दानी गरेको दाबी छ । कम्पनीको आम्दानी मार्जिन पहिलो चौमासिकमा ६१ प्रतिशतमा स्थीर रहेको छ ।

Nepal Telecom
Sajilo Visa

प्रकाशित: १९ जेष्ठ २०७६, आईतवार

ताजा समाचार