पुरानो एन्ड्रोयड स्मार्टफोनबाट नयाँ स्मार्टफोनमा फोन नम्बर लाने तरिका, यी हुन ६ स्टेप

Technology Khabar १८ जेष्ठ २०७६, शनिबार

पुरानो एन्ड्रोयड स्मार्टफोनबाट नयाँ स्मार्टफोनमा फोन नम्बर लाने तरिका, यी हुन ६ स्टेप
Global IME Bank

काठमाडौं ।

काठमाडौं । मोबाइल फोन कम्पनीहरुले बजारमा नयाँ नयाँ स्मार्टफोन सार्वजनिक गरेसँगै ग्राहकहरुले पनि आफ्नो पुरानो स्मार्टफोन छोडेर नयाँ किन्ने हतार हुन्छ । पुरानो फोनभन्दा नयाँ स्मार्टफोनहरुमा अधिक फीचर, सुविधा र धेरै काम गर्न सकिनेहुँदा पनि प्रयोगकर्ताहरु आफूले चाहेअनुसारको स्मार्टफोन बजारमा आउने बित्तिकै किन्ने गर्दछन् ।

जतिबेला हामी आफ्नो स्मार्टफोन परिवर्तन गर्दछौं त्यसबेला हामी सकेसम्म पुरानो स्मार्टफोनको सबै डाटा तथा एप्स नयाँ स्मार्टफोनहरुमा पनि आओस भन्ने चाहना गर्दछौं । केहि एप्सहरु पुरानो डिभाइसबाट नयाँ डिभाइसमा जाँदा स्वत ब्याकअपमा बसेर सजिलै सार्न सकिन्छ तर कहिलेकाँही पुरानो स्मार्टफोनको कन्ट्याक्टस, फोटोहरु तथा अन्य जानकारीहरु भने सार्न सकिँदैन् ।

अझ त्यसमाथि पुरानो स्मार्टफोनमा भएको सम्पर्क नम्बरहरु निकै महत्वपूर्ण छन भने झनै समस्या आउँछ ।

हामी तपाईँलाई यहाँ सजिलोसँग पुरानो स्मार्टफोनमा भएको सम्पर्क नम्बरहरु नयाँ स्मार्टफोनमा सार्न सकिने सजिलो उपाय दिने प्रयास गरिरहेका छौं । यहाँ केबल पुरानो एन्ड्रोयडमा आधारित स्मार्टफोनबाट नयाँ एन्ड्रोयडमा आधारित स्मार्टफोनमा कन्ट्याक्टस अर्थात फोननम्बरहरु सार्ने तरिका बारे जानकारी दिनेछौं ।

पहिलो स्टेप

सबैभन्दा पहिले आफ्नो पुरानो एन्ड्रोयड स्मार्टफोनमा जानुस र सेटिंग एप खोल्नुस् ।

दोस्रो स्टेप

सो सेटिंगभित्र एकाउन्टस अप्शनमा क्लिक गर्नु र त्यसको भित्र आफ्नो गूगल एकाउन्टमा क्लिक गर्नुस् ।

तपाईको गूगल एकाउन्टमा कन्ट्याक्ट सिन्किंग अन गर्नुभएको छ भने सबै फोननम्बरहरु तपाईँको गूगलको सर्भरमा सुरक्षित भएको हुन्छ ।

तेस्रो स्टेप

गूगल एकाउन्टमा क्लिक गरेपछि एकाउन्ट सिंक भन्ने अप्सन आउँछ त्यसमा जानुस र तपाईँको कन्ट्याक्ट्स सिंक हुने अप्शनलाई अन गर्नुस्।

चौथो स्टेप

अब माथितर्फ दायाँ साइडमा दिईएको तीवटा डट भएको अप्शन बटनमा क्लिक गर्नुस र सिंकमा क्लिक गर्नुस् । यस्तो गर्दा तपाईँको पुरानो एन्ड्रोयडमा आधारित स्मार्टफोनमा भएको कन्ट्याक्ट्स गूगलको सर्भरमा सिंक हुन्छ अर्थात अपलोड भएर सेभ हुन्छ ।

पाँचौं स्टेप

अब तपाईँको आफ्नो नयाँ एन्ड्रोयडमा आधारित स्मार्टफोनमा सेटिंगमा जानुहोस् । र पहिलेको जस्तै एकाउन्ट अप्शनमा क्लिक गरेर खोल्नुहोस् ।

छैठौं स्टेप

अब तपाईँले एड एकाउन्टमा गएर गूगलको तपाईको एकाउन्टलाई जोड्नुपर्ने हुन्छ । यसबेला तपाईँले पुरानो एन्ड्रोयडमा आधारित स्मार्टफोनमा प्रयोग गर्नुभएको गूगलको एकाउन्ट नै प्रयोग गर्नुहोस् । एकाउन्ट लगइन गर्ने बित्तिकै तपाईँको पुरानो फोनमा भएको फोन नम्बरहरु नयाँ एन्ड्रोयडमा आधारित स्मार्टफोनमा सिंक हुनेछ ।

ती सिंक भएका फोन नम्बरहरु तपाईँले नयाँ एन्ड्रोयडमा आधारित स्मार्टफोनमा सजिलै प्रयोग गर्न सक्नुहुन्छ ।

Sajilo Visa

प्रकाशित: १८ जेष्ठ २०७६, शनिबार

तपाइको प्रतिक्रिया

ताजा समाचार