Technology Khabar १७ जेष्ठ २०७६, शुक्रबार
काठमाडौं ।
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले अबैध अन्तराष्ट्रिय कल बाइपासमा संलग्न व्यक्तिलाई पक्राउ गरेको छ ।
विशेष सुचनाको आधारमा व्यूरोले रुपन्देही जिल्लाको सिद्धार्थनगरबाट भिओआईपीमा संलग्न भारत घर भई रुपन्देहीमा डेरा गरी बस्ने २६ बर्षका खुर्सेद अन्सारीलाई पक्राउ गरेको हो । अन्सारीलाई यही जेठ १५ गते साँझ पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेका अन्सारीबाट भिओईपीमा प्रयोग गरिएका विभिन्न १३ प्रकारका करिव ४ दर्जन सामग्री बरामद गरिएको छ । उनको साथबाट ल्यापटप, राउटर, विभिन्न नेपाली र भारतीय कम्पनीका सिमकार्डहरु, मोबाइल फोन बरामद गरिएको व्यूरोले उल्लेख गरेको छ ।
केन्द्रीय अनुसन्धान व्यूरोले अबैध भिओआईपी संचालन गर्नेमाथी कडा कदम चालिरहेको जानकारी दिएको छ। ब्यूरोले हालसम्म देशभर १ सय ८ स्थानमा छापामारी १ सय ७६ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३७ जना नेपाली र १ सय ३० जना विदेशी रहेका छन् ।
अबैध भिओआईपीमा पक्राउ परेका व्यक्तिहरु विरुद्ध हालसम्म ११ अर्ब ९१ करोड रुपैयाँ विगोदावी सहित अदालतमा मुद्दा चलाईएको ब्यूरोले जानकारी दिएको छ । त्यसैगरि कारबाहीको क्रममा भिओआईपीमा प्रयोग भएका २ हजार ३ सय ७५ थान सिमकार्डहरु तथा अन्य उपकरणहरु बरामद गरिएको समेत जनाएको छ ।

प्रकाशित: १७ जेष्ठ २०७६, शुक्रबार