फेरारी इलेक्ट्रिक भेहिकल तर्फ आकर्षित हुँदै, पहिलो प्लग-इन हाइब्रिड कार सार्वजनिक

Technology Khabar १७ जेष्ठ २०७६, शुक्रबार

फेरारी इलेक्ट्रिक भेहिकल तर्फ आकर्षित हुँदै, पहिलो प्लग-इन हाइब्रिड कार सार्वजनिक

काठमाडौं ।

काठमाडौं । रेसिंग कार निर्माता कम्पनी फेरारीले आफ्नो इलेक्ट्रिक भेहिकलतर्फको पहिलो कदम चालेको छ । कम्पनीले हालै आफ्नो सुपरकारलाई पहिलो प्लग इन हाईब्रिड कारको रुपमा सार्वजनिक गरेकोछ ।

फेरारीको एसएफ९० स्ट्राडेल नामक नयाँ कार इलेक्ट्रिक मोड समेत रहेको छ । यो कारले इलेक्ट्रिक रेन्जमा १५.५ माईलको रेन्ज प्रदान गर्दछ ।

फेरारी स्ट्राडेलमा भी८ टर्बो इन्जिन रहेको छ जसले ७६९ हर्सपावर उत्पन्न गर्दछ । कम्पनीकाअनुसार ८ सिलिण्डर फेरारी कारहरुको इतिहासमा नै यसको पावर उत्सर्जन सबैभन्दा धेरै हो ।

यसका साथै तीनवटा इलेक्ट्रिक मोटरहरुद्धारा सो गाडिले २१६ हर्सपावर उत्पन्न गर्दछ । यी मोटरहरु इन्जिन र ८ स्पीड ड्यूल क्लचको बीचमा रियर एक्सेलमाथि राखिएको छ भने फ्रन्ट एक्सेल माथि बाँकी दुईवटा इन्जिन रहेका छन् ।

यो हाइब्रिड कारको सबै कम्बिनेसन भएमा यसले केबल २.५ सेकेण्डमा नै ६२ माइल प्रति घण्टाको गति प्रदान गर्न सक्दछ ।

फेरारीको एसएफ९० स्ट्राडेल चालकले गाडिलाई ईड्राइभ मोडमा राखेर चलाउन सक्नेछ । जतिबेला कम्बस्टन इन्जिन बन्द हुन्छ, दुई स्वतन्त्र फ्रन्ट मोटरहरुले ८३ माइल प्रति घण्टाको गति प्रदान गर्दछ । तर कम्बस्टन इन्जिनमा संचालन गर्दा भने कम्पनीले ३४० किलोमिटर प्रतिघण्टाको गति प्रदान गर्दछ ।

एसएफ९० स्ट्राडेलमा हाइब्रिड मोड पनि रहेको छ । फेरारीले यो कारको डिजाइनमा ह्याण्डस अन दि ह्विल दर्शनलाई पछ्याएको छ । यसका टच कन्ट्रोलहरु सबै स्टेयरिंग ह्वीलमा रहेको छ ।

यो फेरारी एसएफ९० स्ट्राडेलको थप जानकारीहरु कम्पनीले दिएको छैन भने यसको बजार मूल्य र कहिले उपलब्ध हुन्छ भन्ने जानकारी छैन् ।

प्रकाशित: १७ जेष्ठ २०७६, शुक्रबार