एप्पलको फोल्डेबल डिभाइसको पेटेन्ट, सामसंग ग्यालेक्सी फोल्डको डिजाइनमा

Technology Khabar १७ जेष्ठ २०७६, शुक्रबार

एप्पलको फोल्डेबल डिभाइसको पेटेन्ट, सामसंग ग्यालेक्सी फोल्डको डिजाइनमा
Classic Tech

काठमाडौं । आइफोनको उत्पादक कम्पनी एप्पल इंकले फोल्डेबल डिभाइसको लागि नयाँ पेटेन्टको निवेदन दिएको छ । कम्पनीले पेटेन्टको लागि दिएको निवेदनअनुसार हेर्दा फोल्डेबल डिभाइस सामसंग ग्यालेक्सी फोल्ड जस्तै रहेको देखिन्छ ।

एप्पलको पेटेन्टअनुसार डिभाइसमा डिस्प्ले लेयर रहेको छ भने त्यसभन्दा माथि प्रोटेक्टिभ कभर लेयर पनि रहेको छ । ती लेयरहरुलाई फोल्ड गर्न वा मोड्न सकिनेछ जसको लागि फोण्डमा हिन्ज रहनेछ ।

एप्पलको पेटेन्ट निवेदन हेर्दा डिस्प्ले भित्रपटि मोडिनेछ र त्यो आफैं मोडिने किसिमको हुनेछ । अर्को पेटेन्ट चित्रमा भने २ पटक फोल्ड गर्न सकिने डिभाइस पनि तयार गरिरहेको देखिन्छ । तर सो पेटेन्ट एउटै डिभाइसको लागि हो वा छुट्टै डिभाइसहरु आउनेहुन भन्ने स्पष्ट छैन् ।

बाहिर आएका रिपोर्टको आधारमा भन्दा सन् २०२० मा कम्पनीले आफ्नो पहिलो फोल्डेबल आइफोन सार्वजनिक गर्नसक्नेछ ।

यहिबिचमा एप्पलले स्मार्ट कीबोर्ड फोलियोको लागि दोस्रो पेटेन्ट दर्ता गरेको छ । सो पेटेन्टको चित्रअनुसार त्यसमा ट्र्याकप्याड एक तर्फ हुनेछ भने अर्कोतर्फ संभवत कीबोर्ड र एप्पल पेन्सिल प्रयोग गर्न सकिने टच एरिया हुनसक्ने संभावना रहेको छ ।

TK Viber

प्रकाशित: १७ जेष्ठ २०७६, शुक्रबार

Loading...