नेपालमा पहिलो एशियन रेजिलिएन्स समिट आयोजना हुँदै, पर्यटन क्षेत्रको अनुभव साटासाट गरिने

Technology Khabar १६ जेष्ठ २०७६, बिहीबार

नेपालमा पहिलो एशियन रेजिलिएन्स समिट आयोजना हुँदै, पर्यटन क्षेत्रको अनुभव साटासाट गरिने

काठमाडौं ।

काठमाडौं । नेपाल पर्यटन बोर्डले ग्लोबल ट्राभल एण्ड टुरिजम रेजिलिएन्स काउन्सिल, युएनडब्लुटिओ, प्यासिफिक एसिया ट्राभल एशोशिएसनसँगको सहकार्यमा पहिलो एशियन रेजिलिएन्स समिट २०१९ मे ३१ मा होटल याक एण्ड यतीमा आयोजना गर्न गइरहेको छ ।

सो सम्मेलनले नेपालको पर्यटन क्षेत्रले २०७२ सालको विनासकारी भुकम्प पश्चात गरेको पुर्नस्थापनको नमूना प्रस्तुत गरी विश्वभरीका प्रख्यात पर्यटन क्षेत्रका हस्तीहरुको संजाल तथा ज्ञान, अनुभव साटासाट गर्ने अवसर प्रदान गर्ने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईयो ।

सम्मेलनले नेपालले विभिन्न आर्थिक, राजनैतिक, प्राकृतिक तथा मानविय कारणले भएका परिवर्तनहरुका माझ पुनःस्थापना गर्न सक्नुका रणनितिहरुबारे छलफल हुनका साथै दिगो विकासका लागि विश्वव्यापी साझेदारीको अवसरहरु प्रदान गर्नेछ ।

बेलायतको प्रख्यात मिडिया जेकव मिडिया ग्रुपद्वारा संचालीत ग्लोबल ट्राभल एण्ड टुरिजम रेजिलिएन्स काउन्सिलले रेजिलिएन्स तथा पर्यटन क्षेत्रको विज्ञहरुलाई अनुभव साटासाट तथा ज्ञान लिनको लागि अवसर प्रदान गर्दछ । विभिन्न महादेशमा सफलताका साथ सम्पन्न भएको रेजिलिएन्स सम्मिटको एसियाको पहिलो संस्करण नेपालमा हु्न लागिरहेको हो ।

काउन्सिलका संस्थापक सदस्य तथा जेकव मिडियाका ग्रुप विजिनेस डेभलप्मेन्ट निर्देशक डेनियला वाग्नरले नेपालमा आयोजना गर्न पाएकोमा गर्व लागेको बताईन् । उत्थानताको सफल उदाहरण बनिसकेको नेपालको पर्यटन क्षेत्रले सबैलाई ज्ञान दिनेमा विवश्त रहेको बताईन ।

यस्तै गरी बोर्डका कार्यकारी प्रमुख दिपकराज जोशीले विनासकारी भुकम्प पश्चात नेपालको पर्यटन क्षेत्रको उत्थानसिलताको श्रेय सार्वजनिक निजी साझेदारीलाई दिनपर्नेमा जोड दिदै नेपाल पर्यटन बोर्डले स्थापना कालदेखिनै निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सबल पक्षलाई आत्मसाथ गरी संसारसामु उदारहणीय कार्य गरिरहेको बताए ।

सम्मेलनको संध्यामा International  Institute for Peace Through Tourism (IIPT) सँगको सहकार्यमा काउन्सिलले आईआईपीटी अवार्ड आयोजना गर्नेछ । नेपालको पर्यटन क्षेत्रमा विशेष योगदान दिएका विभिन्न संस्था, व्यक्तिहरुलाई चार विधामा पुरस्कृत गरिने आयोजकले जनाएको छ ।

easy care

प्रकाशित: १६ जेष्ठ २०७६, बिहीबार